Advertisement
Advertisement
Corporate Samachar
२१ असार २०८३, आईतवार
Advertisement

लगानीमुखी निजी क्षेत्र नडराओस्, तर दोहनकारी प्रवृत्तिलाई छुट छैनः अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

लगानीमुखी निजी क्षेत्र नडराओस्, तर दोहनकारी प्रवृत्तिलाई छुट छैनः अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
विज्ञापन
Advertisement

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले बजेटका सिद्धान्त र प्राथमिकतामाथि उठेका प्रश्नहरूको जवाफ दिँदै निजी क्षेत्रप्रति सरकारको दृष्टिकोण स्पष्ट पारेका छन्। प्रतिनिधिसभामा बोल्दै उनले इमानदार र लगानीमुखी निजी क्षेत्रलाई कुनै पनि प्रकारको डर नराख्न आग्रह गरे भने राज्य संयन्त्रको दुरुपयोग गर्ने प्रवृत्तिप्रति कडा चेतावनी दिएका छन्।

विज्ञापन
Advertisement
Advertisement

उनका अनुसार सरकारले लगानी, उद्यम र उत्पादन विस्तारलाई केन्द्रमा राख्दै निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति लिएको छ। ‘सरकार स्वयं घर–घर, ढोका–ढोकामा पुगेर लगानी, उद्यम र उत्पादन विस्तारका लागि आह्वान गर्दैछ,’ उनले भने।

तर उनले नीति, राज्य संयन्त्र र सार्वजनिक संस्थालाई कब्जा गरेर सीमित समूहले फाइदा उठाउने प्रवृत्तिलाई अब सहन नगर्ने स्पष्ट संकेत दिए। ‘आसेपासे मिलेमतो, नीतिगत कब्जा र दोहनको चक्रबाट राज्यलाई मुक्त गर्नु हाम्रो मूल उद्देश्य हो,’ अर्थमन्त्री वाग्लेले भने।

उनले सरकार सुशासन, पारदर्शिता र सार्वजनिक स्रोतको न्यायोचित वितरणतर्फ उन्मुख रहेको उल्लेख गर्दै गलत अभ्यासहरूलाई रोक्न सरकार पछि नहट्ने बताए। ‘गलतलाई गलत भन्न र रोक्न सरकार पछि हट्दैन,’ उनको भनाइ थियो।

विपक्षी सांसदहरूलाई सम्बोधन गर्दै उनले आलोचनालाई रचनात्मक बनाउन आग्रह गरे। विकास र सुधारको यात्रामा अवरोध होइन, सहयात्री बन्न उनले आह्वान गरे। ‘हाम्रो यात्रा अवरोध गर्न होइन, साथ दिन हो,’ उनले भने।

सरकारको नीति, कार्यक्रम र बजेटबीच पूर्ण अपनत्व हुनेगरी आगामी बजेट पनि यही दिशामा केन्द्रित हुने संकेत दिएका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit