काठमाडौं । सर्वोच्च अदालतका नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित एक विशेष समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीश शर्मालाई शपथ गराएका हुन् ।
नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले आजै शर्मालाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका थिए ।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल लगायत उच्च पदस्थ सरकारी अधिकारी एवं विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

नवनियुक्त प्रधानन्यायाधीश डा. शर्मा यसअघि २०७६ वैशाख ६ गते सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका थिए । ६ वर्षे कार्यकालका लागि न्यायपालिकाको सर्वोच्च पद सम्हालेका शर्माले आजै सर्वोच्च अदालत पुगेर आफ्नो कार्यभार समेत ग्रहण गर्ने कार्यक्रम रहेको छ ।








कर्पोरेट समाचार 




















प्रतिक्रिया दिनुहोस्