Advertisement
Advertisement
Corporate Samachar
२१ असार २०८३, आईतवार
Advertisement

निर्वाचनमा चार अर्ब ९६ करोड खर्च, प्रति मतदाता हिसाब २६३ रुपैयाँ

निर्वाचनमा चार अर्ब ९६ करोड खर्च, प्रति मतदाता हिसाब २६३ रुपैयाँ
विज्ञापन
Advertisement

काठमाडौं । निर्वाचन आयोगले गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एकीकृत खर्च विवरण सार्वजनिक गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

मंगलबार आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईले एक प्रेस विज्ञप्ति जारी गर्दै वित्तीय व्यवस्थापन पक्षको हरहिसाब सार्वजनिक भएको जानकारी दिए । आयोगका अनुसार उक्त निर्वाचन सम्पन्न गर्नका लागि प्राप्त बजेटमध्ये ४ अर्ब ९६ करोड ७८ लाख ३९ हजार ४५ रुपैयाँ खर्च भएको छ । निर्वाचनका लागि तत्कालिन अन्तरिम सरकारले आयोगलाई ६ अर्ब ७१ करोड ९२ लाख ८७ हजार २ सय रुपैयाँ बजेट उपलब्ध गराएको थियो ।

कूल मतदाता संख्यालाई आधार मान्दा यस पटकको प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिमतदाता सरदर २६३ रुपैयाँ खर्च हुन आएको आयोगले जनाएको छ। गत निर्वाचनमा कुल मतदाता संख्या एक करोड ८९ लाख ३ हजार ६८९ जना रहेका थिए । प्रतिनिधिसभा सदस्य निर्वाचन सञ्चालन (आर्थिक व्यवस्थापन) कार्यविधि, २०८२ को दफा ३६ तथा शासकीय सुधार सम्बन्धी कार्ययोजना, २०८२ बमोजिम आयोगको खर्च विवरण सार्वजनिक गरेको हो ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रूपमा सम्पन्न गराउन सहयोग गर्ने मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, निर्वाचन अधिकृत, सुरक्षाकर्मी लगायत निर्वाचनमा खटिने सम्पूर्ण संयन्त्रलाई आयोगले धन्यवाद समेत ज्ञापन गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit