Advertisement
Advertisement
Corporate Samachar
२२ असार २०८३, सोमबार
Advertisement

५० लाख बढी बजेटमा बिम गाउँमा पक्की पदमार्ग निर्माण,२०० बढी घरपरिवार लाभान्वित

५० लाख बढी बजेटमा बिम गाउँमा पक्की पदमार्ग निर्माण,२०० बढी घरपरिवार लाभान्वित
default
विज्ञापन
Advertisement

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ बिम अन्तर्गत बिमको तल्लोगाउँ र डाँडागाउँमा पक्की पदमार्ग निर्माण गरिएको छ । गाउँको सौन्दर्यकरण तथा स्थानीयको आवतजावत सहज बनाउन कच्ची पैदलमार्गलाई ढलान गरी पक्की बनाइएको हो ।

विज्ञापन
Advertisement
Advertisement

पदमार्ग निर्माणपछि बिम र डाँडागाउँका २०० भन्दा बढी घरपरिवार प्रत्यक्ष लाभान्वित भएका छन् । बालबालिका, ज्येष्ठ नागरिक तथा भारी बोकेर हिँड्ने स्थानीयलाई आवतजावत सहज भएको छ । बर्खामा हिलो, झाडी र सर्पको जोखिम कम हुनुका साथै गाउँ सफासुग्घर बनेको स्थानीयले बताएका छन् ।

डाँडागाउँकी मङ्गली पुनका अनुसार उकालो–ओरालोमा चिप्लिएर लड्ने समस्या हटेको छ भने भारी बोकेर हिँड्न पनि सहज भएको छ । वर्षायाममा झाडीमा भिज्दै हिँड्नुपर्ने बाध्यता हटेको उनले बताइन् ।

गण्डकी प्रदेश सरकारको सहयोगमा आर्थिक वर्ष २०८०/८१ देखि सुरु भएको पदमार्ग निर्माण कार्य चालु आर्थिक वर्षमा सम्पन्न गरिएको हो । पहिलो चरणमा पूर्वाधार विकास कार्यालयमार्फत विनियोजित ३० लाख रुपैयाँ बजेटबाट बिम तल्लोगाउँमा ४२५ मिटर र डाँडागाउँमा २५० मिटर पदमार्ग निर्माण गरिएको थियो ।

एकीकृत सेवा कार्यालयका इन्जिनियर सुमन बोगटीका अनुसार आर्थिक वर्ष २०८१/८२ मा १० लाख रुपैयाँ बजेटबाट तल्लोगाउँमा २९० मिटर नालीसहित पक्की पदमार्ग निर्माण गरिएको छ । चालु आवमै थप १० लाख रुपैयाँ बजेटबाट डाँडागाउँमा ५५० मिटर पदमार्ग निर्माण गरिएको उनले जानकारी दिए ।

पदमार्ग तेर्सो भागमा ढुङ्गा बिछ्याएर तथा उकालो भागमा सिँढी निर्माण गरी ढलान गरिएको छ । एक दशमलव १० देखि एक दशमलव २० मिटर चौडाइको पदमार्गमा मोटरसाइकल र साइकलसमेत सञ्चालन गर्न सकिने डाँडागाउँ पदमार्ग निर्माण समितिका अध्यक्ष भलाराम जुग्जालीले बताए ।

तल्लोगाउँका धनकुमार जुग्जालीका अनुसार यसअघि माटोको बाटोमा वर्षामा हिलो र हिउँदमा धुलोको समस्या थियो । अहिले ढलान गरिएको पदमार्ग सरसफाइ गर्न पनि सहज भएको उनले बताए । यद्यपि तल्लोगाउँमा चालु आवका लागि विनियोजित पाँच लाख रुपैयाँ बजेट इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिका कारण कार्यान्वयन हुन नसकेको उनले जानकारी दिए ।

बिम र डाँडागाउँ धार्मिक तथा पर्यटकीयस्थल मालिका र प्रभुचेला धुरीको फेदीमा पर्ने बस्ती हुन् । यहाँबाट गुर्जा हिमालको आकर्षक दृश्यावलोकन गर्न सकिन्छ । गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले गाउँलाई सरसफाइमा नमूना बनाउने उद्देश्यले पदमार्ग निर्माणका लागि बजेट विनियोजन गरिएको बताए ।

उनका अनुसार स्तरोन्नतिका क्रममा रहेको खारा–बिम सडक योजनाअन्तर्गत तल्लोगाउँ र डाँडागाउँभित्रको सडक कालोपत्र पनि गरिनेछ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit