Advertisement
Advertisement
Corporate Samachar
२१ असार २०८३, आईतवार
Advertisement

इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डे फर्किए काममा

इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डे फर्किए काममा
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे नियमित काममा फर्किएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

हालै स्मार्ट टेलिकमको उपकरण तथा सम्पत्ति लिलामी प्रकरणमा पक्राउ परेका पाण्डे अदालतको आदेशपछि थुनामुक्त भई मंगलबारदेखि बैंकको नियमित कार्यमा फर्किएका हुन् ।

लाइसेन्स खारेज भई सरकारी स्वामित्वमा आइसकेको स्मार्ट टेलिकमको उपकरण तथा सम्पत्ति ऋण असुलीका लागि गैरकानूनी रूपमा लिलाम गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई पक्राउ गरेको थियो।

तर, पाण्डेलाई सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएको थियो। यस प्रकरणमा सीआईबीले अनुसन्धान जारी राखेको छ । बैंकिङ क्षेत्रका छाता संगठनहरूले कानुनी व्यवस्था अनुसार नै धितो लिलाम गरी ऋण असुली गर्ने प्रक्रियामा बैंकका सीईओलाई पक्राउ गरिएको भन्दै यसअघि नै विरोध जनाएका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit