Advertisement
Advertisement
Corporate Samachar
८ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

पेट्रोलमा इथानोल मिसाउन नेपाल आयल निगमको आह्वान, स्वदेशी उत्पादकलाई आवेदन खुला

पेट्रोलमा इथानोल मिसाउन नेपाल आयल निगमको आह्वान, स्वदेशी उत्पादकलाई आवेदन खुला
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने प्रक्रिया अघि बढाएको छ । निगमले स्वदेशमै उत्पादन हुने इथानोल आपूर्तिका लागि इच्छुक उत्पादकलाई जानकारी गराउँदै निगमले आवेदन आह्वान गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

निगमका अनुसार नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जारी गरेको ‘पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी आदेश, २०८२’ अनुसार तोकिएका कच्चा पदार्थबाट उत्पादन गरिएको पेट्रोलमा मिसाउन योग्य इथानोल खरिद गरिनेछ।

सूचनामा उल्लेख भएअनुसार गुणस्तर र विधिअनुसार इथानोल उत्पादन गर्न सक्ने स्वदेशी उत्पादकहरूले निगममा दर्ता प्रक्रिया पूरा गरी आपूर्ति प्रस्ताव पेश गर्न सक्नेछन्। यससम्बन्धी विस्तृत प्रक्रिया र आवेदन ढाँचा निगमको आधिकारिक वेबसाइटमा उपलब्ध गराइएको जनाएको छ।

निगमले इथानोल उत्पादनका लागि प्रयोग गर्न सकिने कच्चा पदार्थ पनि तोकेको छ। तीमध्ये चिनी उद्योगबाट प्राप्त हुने खुँदो (मोलासेस),नेपियर घाँस जैविक कृषि तथा वनजन्य पदार्थ (बायोमास), पराल, मकैको डाँठ, गहुँको छ्वालीजस्ता कृषि अवशेष,खाद्य प्रयोजनमा प्रयोग गर्न नमिल्ने सडेको अन्न, सिमल तरल (कारासार) तथा
फर्मेन्टेसनका लागि आवश्यक मर्चा (यीस्ट) लगायतका पदार्थ समावेश छन्।

तर निगमले स्पष्ट पारेको छ कि खाद्य प्रयोजनका लागि प्रयोग हुने अन्नलाई इथानोल उत्पादनको कच्चा पदार्थका रूपमा प्रयोग गर्न पाइने छैन।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit