Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

बैंकहरुलाई शाखा बन्द गर्ने बाटो खुल्यो, केन्द्रीय बैंकले दियो महानगरपालिकाभित्र शाखा मर्जरको सुविधा

बैंकहरुलाई शाखा बन्द गर्ने बाटो खुल्यो, केन्द्रीय बैंकले दियो महानगरपालिकाभित्र शाखा मर्जरको सुविधा
विज्ञापन
Advertisement

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले अब देशभरका महानगरपालिकाभित्र रहेका बैंक शाखाहरु मर्जर गर्न पाउने भएका छन्।

विज्ञापन
Advertisement
Advertisement

सोमबार राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई शाखा मर्जरको सुविधा दिएको हो।

केन्द्रीय बैंकका अनुसार विद्युतीय भुक्तानी कारोबार बढिरहेको तथा महानगरपालिकामा बैंक तथा वित्तीय संस्थाको शाखा उल्लेख्य रहेकाले बैंक तथा वित्तीय संस्थाहरुले महानगरपालिकामा रहेका शाखा समायोजन वा एकीकरण गर्नसक्ने छन् ।

‘विद्युतीय भुक्तानी कारोबार बढिरहेको तथा महानगरपालिकामा बैंक तथा वित्तीय संस्थाको शाखा उल्लेख्य रहेको सन्दर्भमा बैंक तथा वित्तीय संस्था स्वयम्‌ले महानगरपालिकामा रहेका शाखा समायोजनरएकीकरण गर्नसक्ने व्यवस्था मिलाइनेछ,’ आज सार्वजनिक मौद्रिक नीति समीक्षामा भनिएको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit