Advertisement
Advertisement
Corporate Samachar
८ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

खानेपानीमा कर र भ्याट हटाउन सरकारसँग महासंघको आग्रह

खानेपानीमा कर र भ्याट हटाउन सरकारसँग महासंघको आग्रह
विज्ञापन
Advertisement

काठमाडौं । राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ, नेपालले खानेपानी क्षेत्रमा लाग्दै आएको २५ प्रतिशत आयकर हटाउन सरकारसँग माग गरेको छ । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महासंघले राष्ट्रिय सभाबाट पारित संकल्प प्रस्ताव तत्काल कार्यान्वयन गर्न पनि आग्रह गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

महासंघका अध्यक्ष खेमराज ओलीले खानेपानी क्षेत्रमा कर तथा भ्याट छुट, विद्युत महसुलमा सहुलियत, नगर विकास कोषको ऋणको ब्याजदर घटाउनुपर्ने तथा आयोजना निर्माणमा जनसहभागिता रकम कम गर्नुपर्ने माग दोहोर्याए । उनले नेपालमै ब्लिचिङ पाउडर उद्योग स्थापना गर्नुपर्ने आवश्यकता पनि औंल्याए ।

ओलीका अनुसार यी माग समेटिएको संकल्प प्रस्ताव राष्ट्रिय सभाबाट २०८२ असार १२ गते पारित भए पनि राजनीतिक परिवर्तन र सरकार फेरबदलका कारण कार्यान्वयनमा ढिलाइ भएको हो । उनले वर्तमान सरकारले खानेपानी क्षेत्रको संवेदनशीलता नबुझी भौतिक पूर्वाधार मन्त्रालयमा गाभेर अपरिपक्व निर्णय गरेको आरोप लगाए ।

महासंघले आफ्ना माग कार्यान्वयन नभए संघर्षमा उत्रिने चेतावनी समेत दिएको छ । महासंघका वरिष्ठ उपाध्यक्ष रामचन्द्र उपाध्यायले जेठ ८ गते काठमाडौंमा हुने सातौं साधारण सभाबाट खानेपानी तथा सरसफाइ क्षेत्रका विषयमा महत्वपूर्ण निर्णय गरिने जानकारी दिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit