Advertisement
Advertisement
Corporate Samachar
८ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

राष्ट्रिय वाणिज्य बैंकद्वारा कोशीमा साना तथा मझौला उद्यम कर्जा प्रवाह सुरु

राष्ट्रिय वाणिज्य बैंकद्वारा कोशीमा साना तथा मझौला उद्यम  कर्जा प्रवाह सुरु
विज्ञापन
Advertisement

काठमाडौं ।  साना तथा मझौला कर्जा लगानीलाई प्रोत्साहन गर्ने उद्देश्यले राष्ट्रिय वाणिज्य बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच भएको सम्झौताबमोजिम ‘सुरक्षण योगदानमा आधारित कर्जाको पोर्टफोलियो सुरक्षण योजना २०८२’ कार्यान्वयन सुरु भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

विकास र सहयोगका लागि स्वीस एजेन्सी र कोशी प्रदेश सरकारको संयुक्त लगानी रहेको उदय परियोजनाअन्तर्गत कोशी प्रदेश साना तथा मझौला उद्यम व्यवसायमा प्रवाहित हुने कर्जाको सुरक्षणका लागि उक्त योजना सञ्चालन गर्न लागिएको बैंकका उपकार्यकारी अधिकृत तथा सूचना अधिकारी पवन रेग्मीले जानकारी दिएका छन्।

सो योजना अन्तर्गत साना तथा मझौलास्तरका कृषि, उद्योग, सेवा व्यवसाय आदि क्षेत्रमा  ३० लाख रूपैयाँ देखि  तीन करोड रूपैयाँ सम्मको कर्जा प्रवाह गरिनेछ । विसं २०२२ माघ १० गते पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको सो बैंकले सातवटै प्रदेशका ७७ जिल्लामा विभिन्न बैंकिङ सुविधा उपलब्ध गराएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit