काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) सरकारले ईद अल–अधा २०२६ का अवसरमा १११ जना नेपाली कैदीबन्दीलाई शाही आममाफी दिएको छ। नेपाल सरकारले उक्त निर्णयप्रति कृतज्ञता व्यक्त गर्दै यसको प्रशंसा गरेको छ।
परराष्ट्र मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै युएईको यो सदाशयपूर्ण कदमलाई नेपाल–युएईबीचको घनिष्ठ मित्रता र हार्दिक सम्बन्धको प्रतीकका रूपमा उच्च मूल्याङ्कन गरेको जनाएको छ।
मन्त्रालयका अनुसार आबुधाबीस्थित नेपाली दूतावासले मन्त्रालयको निर्देशनअनुसार गरेको अनुरोधको प्रत्युत्तरस्वरूप युएई सरकारले नेपाली नागरिकलाई आममाफी दिएको हो।
आममाफी प्राप्त नेपाली नागरिक अन्य कुनै विचाराधीन कानुनी मुद्दा वा यात्रा प्रतिबन्ध नभएको अवस्थामा युएईको प्रचलित कानुनअनुसार आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरेपछि नेपाल फर्कन सक्नेछन्।















प्रतिक्रिया दिनुहोस्