Advertisement
Advertisement
Corporate Samachar
१० जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

वीरगन्ज भन्सार नाका हुँदै १० महिनामा सात खर्ब ९४ अर्बको सामान भित्रियो

वीरगन्ज भन्सार नाका हुँदै १० महिनामा सात खर्ब ९४ अर्बको सामान भित्रियो
विज्ञापन
Advertisement

वीरगन्ज । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा सात खर्ब ९४ अर्ब ८७ करोड रूपैयाँ मूल्य पर्ने वस्तु तथा समान आयात भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

गत आवको १० महिनाको तुलनामा चालु अवधिको सोही अवधिमा यो नाका हुँदै एक खर्ब दुई अर्ब ४४ करोड रूपैयाँ अर्थात् १५ प्रतिशत बढी सामान भित्रिएको हो ।

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले वीरगन्ज हुँदै हुने आयातमा बढोत्तरी भएको बताए । उनले चालु आवको पेट्राेलियम पदार्थ र फलाम तथा फलामजन्य वस्तुको आयातमा वृद्धि भएको बताए। जबकि गत आवको १० महिनामा भने ६ खर्ब ९२ अर्ब ४३ करोड रूपैयाँ मूल्यका वस्तु तथा सामान आयात भएको थियो ।

चालु आवको १० महिनामा एक खर्ब ८१ अर्ब ७० करोड रूपैयाँ मूल्य पर्ने पाँच थरिका पेट्राेलियम पदार्थको आयात भएको छ । त्यसैगरी, सोही अवधिमा ६९ अर्ब ४२ करोड रूपैयाँ मूल्य पर्ने फलाम तथा फलामबाट बनेका सामान आयात भएको छ ।

५७ अर्ब ६६ करोड रूपैयाँ मूल्य पर्ने मेसिनरी तथा पार्टपुर्जा आयात भएको छ । त्यसैगरी ५५ अर्ब सात करोड रूपैयाँ मूल्य पर्ने भटमासको कच्चातेल आयात भएको छ

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit