Advertisement
Advertisement
Corporate Samachar
१० जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

कोशी प्रदेशसभामा नीति तथा कार्यक्रममाथि छलफल सुरु

कोशी प्रदेशसभामा नीति तथा कार्यक्रममाथि छलफल सुरु
विज्ञापन
Advertisement

विराटनगर । कोशी प्रदेशसभाको आइतबारको बैठकमा आर्थिक वर्ष २०८३/८४ का लागि प्रदेश सरकारले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । सभामुख अम्बरबहादुर विष्टले उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले स्वीकृत भएपछि छलफल सुरु भएको हो ।छलफलमा प्रदेशसभा सदस्य सपना दर्जीले नीति तथा कार्यक्रम शब्दमा राम्रो देखिए पनि कार्यान्वयन योग्य नरहेको टिप्पणी गरिन् ।

सदस्य राजेन्द्र कार्कीले पर्यटन, पूर्वाधार, कृषि र रोजगारीका विषय समेटिएको भए पनि प्रभावकारी कार्यान्वयनका लागि पर्याप्त बजेट आवश्यक रहेको धारणा राखे । सदस्य गणेश उप्रेतीले सुकुमवासीको विषयमा नीति तथा कार्यक्रम मौन रहेको भन्दै असन्तुष्टि जनाए । सदस्य होमबहादुर थापाले भने नीति तथा कार्यक्रमले सबै क्षेत्र समेटेकाले प्रदेश विकासको मार्गचित्र बन्न सक्ने विश्वास व्यक्त गरे । सदस्य बाबुराम गौतमले सरोकारवालासँग पर्याप्त छलफल नगरी नीति तथा कार्यक्रम ल्याइएको आरोप लगाए । सदस्य राधाकृष्ण खनालले ‘स्वच्छ, सुखी र समुन्नत’ प्रदेश निर्माणको आशा नीति तथा कार्यक्रमले जगाएको बताए ।

सदस्य प्रेमराज थाम्साङले सीमित स्रोतसाधनका बीच ल्याइएको नीति तथा कार्यक्रमले नागरिकको भविष्य निर्माणमा सहयोग पुग्ने धारणा राखे । सदस्य जयप्रकाश चौधरीले नीति तथा कार्यक्रम नागरिकमैत्री रहेको र स्वदेशी तथा विदेशी लगानी प्रोत्साहन गर्ने उल्लेख गरे ।सदस्य किशोरचन्द्र दुलालले नीति तथा कार्यक्रमले सरकारको मार्गचित्र स्पष्ट पारेको टिप्पणी गरे ।बैठकले ‘प्रदेश खेलकुद ९पहिलो संशोधन० अध्यादेश, २०८३’ पनि स्वीकृत गरेको छ ।

प्रदेशसभाको अर्को बैठक जेठ ११ गते दिउँसो १ बजे बस्ने तय भएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit