Advertisement
Advertisement
Corporate Samachar
११ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

स्वदेशी–विदेशी पर्यटकको आकर्षण बन्दै कोशी टप्पु

स्वदेशी–विदेशी पर्यटकको आकर्षण बन्दै कोशी टप्पु
विज्ञापन
Advertisement

धरान (सुनसरी)। चालु आर्थिक वर्ष २०८१/८२ मा ११ हजार ६०३ पर्यटकले कोशी टप्पु वन्यजन्तु आरक्ष भ्रमण गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयका प्रमुख एवं वरिष्ठ संरक्षण अधिकृत भूपेन्द्रप्रसाद यादवका अनुसार भ्रमण गर्नेमा ११ हजार २१४ आन्तरिक पर्यटक रहेका छन् । यस्तै सार्क मुलुकबाट ८७ तथा अन्य मुलुकबाट ३०२ विदेशी पर्यटकले आरक्ष भ्रमण गरेका छन् । जैविक विविधता, दुर्लभ वन्यजन्तु तथा शान्त वातावरणका कारण कोशी टप्पु आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दै आएको छ । सुनसरी र सप्तरी जिल्ला भित्र सप्तकोशी नदीले बनाएको टापु क्षेत्रमा फैलिएको यो आरक्ष जङ्गली भैँसी (अर्ना) का लागि प्रसिद्ध छ । नेपालमा रैथाने अर्ना पाइने यो एक मात्र संरक्षित क्षेत्र हो ।

सन् १९८७ देखि रामसार सूचीमा सूचीकृत कोशी टप्पुमा घडियाल, मगरगोही, सोंस (डल्फिन) तथा विभिन्न प्रजातिका माछा पाइन्छन् । चराचुरुङ्गीको उच्च विविधताका कारण यसलाई ‘चराहरूको राजधानी’ समेत भन्ने गरिन्छ । प्राकृतिक सौन्दर्य र जैविक विविधताले भरिएको कोशी टप्पु पक्षी अवलोकन, अध्ययन तथा अनुसन्धानका लागि स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण बन्दै आएको छ । आरक्षलाई पूर्वी भारतसँग जोडिएको जैविक मार्गका रूपमा पनि लिइन्छ ।

आरक्ष प्रमुख यादवका अनुसार चितुवाबाहेक अन्य ठूला मांसाहारी जनावरको सङ्ख्या न्यून भए पनि कोशी टप्पुले पूर्वी तराई–मधेस क्षेत्रको वन, वनस्पति, हावापानी र जैविक विविधताको प्रतिनिधित्व गर्दै आएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit