Advertisement
Advertisement
Corporate Samachar
१७ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

अन्तरिक्षमा २१० दिन बिताएर सकुशल बेइजिङ फर्किए चिनियाँ अन्तरिक्षयात्री

अन्तरिक्षमा २१० दिन बिताएर सकुशल बेइजिङ फर्किए चिनियाँ अन्तरिक्षयात्री
विज्ञापन
Advertisement

काठमाडौं । चीनको ‘शेन्झोउ–२१’ अन्तरिक्ष अभियानमा सहभागी तीन अन्तरिक्षयात्री २१० दिनको सफल अन्तरिक्ष बसाइ सम्पन्न गरी शनिबार सकुशल बेइजिङ आइपुगेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

झाङ लु, वु फेई र झाङ होङझाङ शुक्रबार साँझ सुरक्षित रूपमा पृथ्वीमा अवतरण गरेका थिए । अन्तरिक्षमा लामो समय बिताएर फर्किएका तीनै जना अन्तरिक्षयात्रीहरूको स्वास्थ्य अवस्था राम्रो रहेको चीनको मानवयुक्त अन्तरिक्ष कार्यक्रमसम्बन्धी निकायले जनाएको छ ।

साथै, शेन्झोउ–२१ अन्तरिक्ष अभियान पूर्ण रूपमा सफल भएको पनि पुष्टि गरिएको छ।अभियानका क्रममा उहाँहरूले अन्तरिक्ष केन्द्रमा रहेर विभिन्न वैज्ञानिक अनुसन्धान, प्राविधिक परीक्षण तथा अन्तरिक्ष केन्द्रको नियमित सञ्चालनसँग सम्बन्धित महत्वपूर्ण जिम्मेवारीहरू सफलतापूर्वक निर्वाह गरेका थिए । २१० दिनको अन्तरिक्ष बसाइ चीनको अन्तरिक्ष अनुसन्धान तथा प्रविधि विकासका दृष्टिले महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

पृथ्वीमा फर्किएपछि उनीहरू केही समय चिकित्सकीय निगरानी तथा क्वारेन्टिनमा बस्नेछन् । यस अवधिमा विस्तृत स्वास्थ्य परीक्षण, शारीरिक अवस्था मूल्याङ्कन तथा आवश्यक पुनःस्थापना प्रक्रिया सञ्चालन गरिने जनाइएको छ । अन्तरिक्षमा लामो समय बिताउँदा शरीरमा पर्न सक्ने प्रभावहरूको अध्ययनसमेत यस क्रममा गरिनेछ । सम्बन्धित निकायका अनुसार स्वास्थ्य परीक्षण र विश्राम अवधि सम्पन्न भएपछि उहाँहरूले बेइजिङमा आयोजित पत्रकार सम्मेलनमार्फत आफ्नो अन्तरिक्ष यात्राका अनुभव तथा अभियानका उपलब्धिबारे जानकारी दिने जनाइएको छ।

शेन्झोउ–२१ अभियानको सफल समापनलाई चीनको मानवयुक्त अन्तरिक्ष कार्यक्रमको अर्को महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ। यस सफलताले भविष्यका थप उन्नत अन्तरिक्ष अभियान तथा वैज्ञानिक अनुसन्धानका लागि महत्वपूर्ण आधार तयार गरेको विश्वास गरिएको छ । सिन्ह्वा /फोटो :स्पेस डटकम

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit