Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

बैंकिङ्ग प्रणलीमा तरलता अत्याधिक बजारबाट २५ अर्ब निक्षेप खिच्नदै राष्ट्र बैंक

बैंकिङ्ग प्रणलीमा तरलता अत्याधिक बजारबाट २५ अर्ब निक्षेप खिच्नदै राष्ट्र बैंक
विज्ञापन
Advertisement

काठमाडाैं । नेपाल राष्ट्र बैंकले बैंकिङ्ग प्रणलीबाट २५ अर्ब निक्षेप खिच्ने भएको छ । बैंकिङ्ग प्रणलीमा तरलता अत्यधिक भएपछि केन्द्रीय बैंकले बजारबाट २५ अर्ब बराबरको निक्षेप बोलकबोल गर्न लागेको हो ।

विज्ञापन
Advertisement
Advertisement

केन्द्रीय बैंकका अनुसार घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म बोलकबोल गर्न सकिनेछ । केन्द्रीय बैंकले २१ दिनको लागि निक्षेप संकलन उपकरण मार्फत बोलकबोल गर्ने भएको हो । यसमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् । यसको साँवा ब्याज भुक्तानी चैत २७ गते हुनेछ ।

राष्ट्र बैंककाअनुसार निक्षेप संकलन गरिएको रकम सम्बन्धित बोलकबोलको लगानी पोर्टफोलियो हुने भएकोले सो रकमलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न पाइनेछैन । तर, राष्ट्र बैंकको निर्देशन बमोजिम कायम राख्नुपर्ने एसएलआर तथा लिक्विडिटि रेसियोमा भने गणना गर्न पाइनेछ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit