Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

भन्सार दरमा कुनै नीतिगत चलखेल भएको छैन, आर्थिक विधेयकको एउटा थोप्लो र कमा पनि चलाएका छैनौँ : अर्थमन्त्री

भन्सार दरमा कुनै नीतिगत चलखेल भएको छैन, आर्थिक विधेयकको एउटा थोप्लो र कमा पनि चलाएका छैनौँ : अर्थमन्त्री
विज्ञापन
Advertisement

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा भन्सारदर हेरफेर गरिएको र दस्तावेजबाट पानाहरू गायब पारिएको विषयलाई ‘प्राविधिक त्रुटि’ का रुपमा अथ्र्याएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

बुधबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस विषयमा कुनै नीतिगत चलखेल नभएको र प्राविधिक कारणले उत्पन्न विषयलाई अनावश्यक विवाद बनाइएको दाबी गरे।

बैठकमा अर्थमन्त्री वाग्लेले गत वर्ष नेकपा एमाले र नेपाली कांग्रेसको सरकारले सच्याएका केही भन्सारदरहरूलाई नै यसपटक स्पष्ट पारिएको जानकारी दिए। आफूले अर्थ मन्त्रालयमा बसेर गोप्य रूपमा दरहरू चलाएको भन्ने आरोपको पूर्ण खण्डन गर्दै उनले कतिपय विषयमा भाषागत स्पष्टताका लागि मात्र परिमार्जन गरिएको दाबी गरे ।

भन्सारदरमा ठूलो फेरबदल नगरिएको उल्लेख गर्दै मन्त्री वाग्लेले भने, ‘विशेष गरी रगत र भ्याक्सिन बोक्ने क्यारियरको भन्सारदरमा मात्रै सामान्य परिवर्तन गरिएको छ, जुन विशुद्ध मानवीय र प्राविधिक विषय हो। हप्ताभरि पत्रिकाहरूले यसलाई उचालेर भ्रम सिर्जना गरे, जसका कारण सम्मानित सांसदहरूमा समेत संशय पैदा भएको देखिन्छ। तर वास्तविकता त्यस्तो होइन।’

यस्तै, उनले प्रतिवेदनबाट १६ पाना गायब भएको भन्ने आरोपको सम्बन्धमा माइक्रोसफ्ट वर्डको प्राविधिक पक्षलाई जोडेर प्रष्टीकरण दिए। ४५७ पानाको लामो डकुमेन्टमा कोलमको साइज थोरै मात्र घटबढ गर्दा वा १ मिलिमिटर मात्रै कोलम तन्काइदिँदा पनि समग्र पानाको संख्या बढेर ५०० पुग्न सक्ने वा घट्न सक्ने उनको तर्क थियो। ‘कन्टेन्टमा एउटा थोप्लो, एउटा कमा वा पूर्णविराम पनि परिवर्तन भएको छैन। त्रुटिसहित यहाँहरूको हातमा परेपछि हामीले एउटा थोप्लो पनि चलाएका छैनौँ। आम जनतालाई केही समय भ्रमित पार्न सकिएला, तर सत्य लुक्दैन,’ अर्थमन्त्री वाग्लेले भने ।

यस्तै, सार्वभौम संसदमा आर्थिक विधेयक पेश गरिसकेपछि त्यसमा कुनै पनि अनधिकृत परिवर्तन नगरिएको दाबी गर्दै अर्थमन्त्रीले यो विवादलाई ‘चियाको कपमा तुफान’ ल्याउने प्रयासको संज्ञा दिए। उनले आफू यस्ता भ्रम र आरोपहरूको डटेर सामना गर्न तयार रहेको समेत बताए।

राष्ट्रहित र मानवीय संवेदनशीलतालाई ध्यानमा राखेर गरिएका कामलाई गलत अर्थमा नलिन आग्रह गर्दै मन्त्री वाग्लेले यस विषयमा थप शंका भएमा आफू जुनसुकै बेला थप स्पष्ट पार्न तयार रहेको समितिलाई जानकारी गराए।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit