Advertisement
Advertisement
Corporate Samachar
१२ असार २०८३, शुक्रबार
Advertisement

सुनचाँदीको मूल्य हालसम्मकै महँगो, तोलाको कति ?

सुनचाँदीको मूल्य हालसम्मकै महँगो, तोलाको कति ?
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा ऐतिहासिक रेकर्ड कायम भएको छ। लगातार बढिरहेको सुनको मूल्य आज आइतबारको तुलनामा चार हजार एक सय रूपैयाँ महँगिएर हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

विज्ञापन
Advertisement
Advertisement

यसअघि आइतबार पनि हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ प्रतितोला दुई लाख ७० हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ४१ सय रुपैयाँले बढेर दुई लाख ७४ हजार सात सय रूपैयाँ पुगेको छ। यो मूल्य हालसम्मकै महँगो रेकर्ड हो ।

निरन्तर बढिरहेको सुनको गत पुस १३ गते प्रतितोला दुई लाख ७० हजार ६ सय रुपैयाँ कायम भएको थियो । त्यसयता सुनको मूल्यमा सामान्य गिरावट देखिए पनि हिजो पुन ः दुई लाख ७० हजार ६ सय रुपैयाँ पुगेर रेकर्ड कायम भएको थियो । तर, सोमबार ४१ सय रुपैयाँले बढेको सुन ऐतिहासिक विन्दुमा पुगेको छ ।

यस्तै, सोमबार चाँदीको मूल्य पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ। आइतबार तोलामा चार हजार नौ सय ९० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार पाँच हजार एक सय ९५ रूपैयाँ निर्धारण गरेको महासंघले जनाएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय पाँच रूपैयाँले बढी हो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार पाँच सय ६८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit