Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

बजेटले युवाहरूको विदेशिने बाध्यतालाई चिर्ने सुरुवात गरेको छ : अर्थमन्त्री

बजेटले युवाहरूको विदेशिने बाध्यतालाई चिर्ने सुरुवात गरेको छ : अर्थमन्त्री
विज्ञापन
Advertisement

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाली युवाहरू आफ्नो सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यतालाई अन्त्य गर्ने गरी सरकारले बजेटमार्फत ठोस सम्बोधन गरेको बताएका छन्।

विज्ञापन
Advertisement
Advertisement

आगामी आर्थिक वर्षको बजेटले युवा पलायन रोक्न बलियो जग बसालेको र पाँच वर्षभित्र यसलाई एउटा सकारात्मक निष्कर्षमा पुर्‍याइने उनको दाबी छ। आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा उद्यमशीलता सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले यस्तो बताएका हुन् ।

विगत दुई दशकदेखि नेपाली युवाहरू रोजगारीको खोजीमा भविष्यको खोज्दै बाहिरिनु परिरहेको तितो यथार्थलाई स्वीकार गर्दै मन्त्री वाग्लेले भने ‘पछिल्लो १५–२० वर्षदेखि देशका युवाहरू आफ्नो सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता आइलागेको छ । अब त्यस्तो स्थिति आउन नदिन जग बसाल्न बजेटबाट सुरु गरेका छौँ। त्यो बुझ्न बजेट पढ्नुहोस्। बजेटको कार्यान्वयनले त्यसको बाटो समात्छ।’

युवा उद्यमीहरूलाई सम्बोधन गर्दै अर्थमन्त्रीले नयाँ आर्थिक नीतिले व्यावसायिक वातावरण सहज बनाउने उल्लेख गरे। करमा सहुलियत, बक्यौता उल्झनमा रहेका उद्यमीरव्यवसायीलाई छुटको सहुलियत, सरकारी प्रशासनको डिजिटलाइजेसन र सुशासनका एजेन्डा कार्यान्वयनले देश निर्माणको नयाँ बाटोलाई सङ्केत गर्ने उनको भनाइ थियो ।

यस्तै, बजेट निर्माण गर्दा युवाहरूको उद्यमशील सोच र नवीन योजनाहरूलाई फैलाउने गरी पर्याप्त गृहकार्य गरिएको अर्थमन्त्री वाग्लेले स्मरण गरे । उनले सरकारले ल्याएका सहुलियत र कार्यक्रमहरूको अधिकतम फाइदा उठाउन देशभित्रकै युवा तथा व्यवसायीहरूलाई आग्रह समेत गरेका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit