Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

८० प्रतिशत समय वैदेशिक रोजगारको बेथिति सुन्नमै बित्छ, प्रणाली सुधार्न ऐन संशोधन गर्दैछौँ : मन्त्री यादव

८० प्रतिशत समय वैदेशिक रोजगारको बेथिति सुन्नमै बित्छ, प्रणाली सुधार्न ऐन संशोधन गर्दैछौँ : मन्त्री यादव
विज्ञापन
Advertisement

काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगार क्षेत्रमा व्याप्त बेथिति र समस्या समाधानका लागि सरकारले नीतिगत सुधार र ऐन संशोधनको तयारी गरिरहेको बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा उद्यमशीलता सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री यादवले मन्त्रालयको ८० प्रतिशतभन्दा बढी काम वैदेशिक रोजगारसँग सम्बन्धित गुनासो र पीडा सुन्दैमा बित्ने गरेको गुनासो गरे । ‘मन्त्रालयमा आउने अधिकांश उजुरी र गुनासा वैदेशिक रोजगारकै हुन्छन् । दिनभरि तिनकै समस्या र बेथिति सुन्दै, समाधान खोज्दै समय जान्छ,’ मन्त्री यादवले भने, ‘त्यसैले यो क्षेत्रलाई व्यवस्थित गर्न वैदेशिक रोजगार ऐन संशोधन गरेर प्रणाली नै सुधार गर्ने र सँगसँगै आन्तरिक रोजगारी विस्तार गर्ने निर्णयमा हामी पुगेका छौँ ।’

मन्त्री यादवले देशमा रोजगारी सिर्जना गर्ने मुख्य इन्जिन निजी क्षेत्र भएको स्पष्ट पारेका छन् । सरकारले मात्रै पर्याप्त मात्रामा रोजगारीका अवसरहरू उपलब्ध गराउन नसक्ने स्वीकार गर्दै उनले युवाहरूलाई जागिरको पछि कुद्ने मात्र नभई अवसर पहिचान गर्न सक्ने (उद्यमी) बन्न आग्रह गरे। ‘सरकारले मात्र रोजगारी सिर्जना गर्न सक्दैन, मुख्य शक्ति निजी क्षेत्र हो,’ उनले भने, ‘युवालाई जागिर खोज्ने होइन, अवसर पहिचान गर्ने बनाउनु आवश्यक छ।’

मन्त्री यादवले बेरोजगारी देशको प्रमुख चुनौती भए पनि युवा नै सबैभन्दा ठूलो सम्भावना भएको बताए। अवसर, लगानी, बजार र आत्मविश्वासको कमीका कारण युवा पछि परिरहेको उनको भनाइ थियो।

 

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit