Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

विद्यार्थीका लागि काठमाडौं महानगरपालिकाले ल्यायो ‘सिक्दै कमाउँदै’ योजना,

विद्यार्थीका लागि काठमाडौं महानगरपालिकाले ल्यायो ‘सिक्दै कमाउँदै’ योजना,
विज्ञापन
Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाले उच्च शिक्षा हासिल गरिरहेका युवाहरूलाई लक्षित गर्दै रोजगारी र सिकाइको अवसर दिने भएको छ।

विज्ञापन
Advertisement
Advertisement

महानगरपालिकाले विभिन्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई आफ्नो काम र कार्यक्षेत्रसँग जोडेर ‘सिक्दै जाँदा कमाउनुहोस्’ अवधारणा कार्यान्वयन गर्न लागेको हो। आइतबार आयोजित नगरसभाको १९औं अधिवेशनको पहिलो बैठकमा आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कार्यबाहक मेयर सुनिता डंगोलले सो घोषणा गरेकी हुन्।

नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा कार्यबाहक मेयर डंगोलले भनिन्, ‘काठमाडौं महानगरपालिकाले सम्पादन गर्ने कार्य सम्बद्ध विषय क्षेत्रमा विभिन्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई ‘सिक्दै जाँदा कमाउनुहोस्’ अवधारणा अनुसार इन्टर्नसिप, फेलोसिप तथा ‘पार्ट टाइम इन्गेजमेन्ट’ कार्यक्रम सञ्चालन गरिनेछ।’

यो नीति लागू भएपछि काठमाडौं भित्रका वा विभिन्न विश्वविद्यालयका विद्यार्थीहरूले आफ्नो अध्ययनको क्षेत्र अनुसार महानगरका विभिन्न विभाग, योजना र कार्यहरूमा प्रत्यक्ष रूपमा जोडिने अवसर पाउनेछन्। यस अन्तर्गत विद्यार्थीहरूका लागि महानगरले इन्टर्नसिप, फेलोसिप मार्फत ‘पार्ट टाइम’ पढाइसँगै फुर्सदको समयमा काम गरेर आर्थिक उपार्जन गर्ने अवसर उपलब्ध गराउनेछ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit