Advertisement
Advertisement
Corporate Samachar
२ असार २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेपाल–भारत आर्थिक सम्बन्धलाई गति दिन व्यापार सहजीकरणदेखि रेल कनेक्टिभिटी विस्तारमा जोड

नेपाल–भारत आर्थिक सम्बन्धलाई गति दिन व्यापार सहजीकरणदेखि रेल कनेक्टिभिटी विस्तारमा जोड
विज्ञापन
Advertisement

दाङ । नेपाल र भारतबीचको आर्थिक सहकार्यलाई अझ सुदृढ बनाउने उद्देश्यले भारतको गोरखपुरमा आयोजित ‘भारत–नेपाल आर्थिक सहयोग मञ्च २०२६’ मा पर्यटन, व्यापार, लगानी तथा पूर्वाधार विकासलाई प्राथमिकता दिँदै द्विपक्षीय आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पु¥याउनुपर्नेमा जोड दिइएको छ ।

विज्ञापन
Advertisement
Advertisement

कार्यक्रममा नेपाल र भारतका उद्योगी, व्यवसायी, बैंकिङ क्षेत्रका प्रतिनिधि तथा आर्थिक विज्ञहरूले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन, लुम्बिनी पर्यटन प्रवद्र्धन, भैरहवा विशेष आर्थिक क्षेत्रको विकास, व्यापार सहजीकरण तथा रेल कनेक्टिभिटी विस्तारलाई दीर्घकालीन आर्थिक सहकार्यका प्रमुख आधारका रूपमा अघि सार्नुपर्ने निष्कर्ष निकालेका छन् ।

नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टंकप्रसाद पोखरेलले नेपाल–भारतबीचको ऐतिहासिक, सांस्कृतिक र धार्मिक सम्बन्धलाई आर्थिक समृद्धि, व्यापार विस्तार, लगानी अभिवृद्धि तथा पर्यटन विकाससँग जोड्नुपर्ने आवश्यकता औँल्याए । खुला सीमा र धार्मिक निकटताका कारण दुवै देशबीच सहकार्यका प्रशस्त सम्भावना रहेको उनले बताए ।

अध्यक्ष पोखरेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गरी नियमित अन्तर्राष्ट्रिय उडान सुनिश्चित गर्नुपर्नेमा जोड दिए । उनका अनुसार विमानस्थलहरू प्रभावकारी रूपमा सञ्चालन हुन सके लुम्बिनी क्षेत्रको पर्यटन, व्यापार, होटल व्यवसाय तथा समग्र लगानी वातावरणमा उल्लेखनीय सुधार आउनेछ ।

उनले विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई अन्तर्राष्ट्रिय धार्मिक तथा सांस्कृतिक पर्यटनको प्रमुख केन्द्रका रूपमा विकास गर्न नेपाल र भारतका पर्यटन व्यवसायी तथा निजी क्षेत्रबीच थप सहकार्य आवश्यक रहेको उल्लेख गरे । छलफलमा लुम्बिनी, कुशीनगर, बोधगया र सारनाथलाई जोडेर संयुक्त बौद्ध पर्यटन सर्किट विकास गर्न सके दक्षिण एसियाकै महत्वपूर्ण धार्मिक पर्यटन गन्तव्य बन्न सक्ने धारणा पनि उनले राखे ।

भैरहवास्थित विशेष आर्थिक क्षेत्रमा भारतीय उद्योग तथा लगानी आकर्षित गर्न नीतिगत सुधार, लगानीमैत्री वातावरण तथा व्यवसायिक सहकार्यलाई प्राथमिकता दिनुपर्ने सुझाव पनि कार्यक्रममा दिइएको थियो । सीमावर्ती क्षेत्रको औद्योगिक सम्भावनालाई उपयोग गर्दै संयुक्त उत्पादन र निर्यात प्रवद्र्धनका कार्यक्रम अघि बढाउनुपर्नेमा सहभागीहरूले जोड दिए ।

पीएचडी चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री तथा भारतस्थित नेपाली दूतावासको सहकार्यमा आयोजित राउण्ड टेबल छलफलमा सहभागी वक्ताहरूले नेपाल–भारत आर्थिक तथा व्यापारिक सहकार्यलाई अझ प्रभावकारी बनाउन निजी क्षेत्रको भूमिका अझ सशक्त बनाउनुपर्ने औँल्याएका छन् ।

कार्यक्रममा भारत–नेपाल केन्द्र, पीएचडीसीसीआईका अतुल कुमार ठाकुरले उद्घाटन मन्तव्य दिएका थिए भने सहअध्यक्ष कमलेश जैनले स्वागत मन्तव्य राखेका थिए । भारतस्थित नेपाली दूतावासका उपप्रमुख तारानाथ अधिकारी, आर्थिक काउन्सिलर डा. सुरेन्द्र थापा, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कृष्णप्रसाद शर्मा लगायतले द्विपक्षीय आर्थिक सम्बन्ध सुदृढीकरण र सहकार्य विस्तारका विषयमा धारणा व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशको प्रतिनिधिमण्डलसहित नेपाल र भारतका विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit