Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

त्रिवि अध्ययन बिदा दुरुपयोगको दायरामा ३९८ जना, सेवामा नफर्किने प्राध्यापकलाई १५ दिने अल्टिमेटम

त्रिवि अध्ययन बिदा दुरुपयोगको दायरामा ३९८ जना, सेवामा नफर्किने प्राध्यापकलाई १५ दिने अल्टिमेटम
विज्ञापन
Advertisement

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएर अध्ययन पूरा गरेपछि पनि विश्वविद्यालयको सेवामा नफर्किएका प्राध्यापक तथा कर्मचारीलाई १५ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ।

विज्ञापन
Advertisement
Advertisement

त्रिविको अध्ययन बिदा सुव्यवस्थापन कार्यान्वयन समितिले बुधबार सूचना जारी गर्दै अध्ययन बिदा उपभोग गरेपछि विश्वविद्यालयको नियमानुसार सेवामा नफर्केका तथा तोकिएको सेवा अवधि पूरा नगरी सेवा छाडेका शिक्षक तथा कर्मचारीलाई समितिको कार्यालयमा सम्पर्क राख्न आग्रह गरेको हो।

समितिले तोकिएको समयसीमाभित्र सम्पर्कमा नआए विश्वविद्यालयसँग गरिएको कबुलियतनामा तथा प्रचलित नियमानुसार कानुनी प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ। त्रिविका अनुसार अध्ययन बिदा लिएर सेवामा नफर्किएका ५० जना प्राध्यापकबाट हालसम्म ११ करोड ८४ लाख रुपैयाँभन्दा बढी रकम असुल गरिएको छ। शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयको पहल र विश्वविद्यालयको सक्रियतामा रकम फिर्ता गराउने प्रक्रिया अघि बढाइएको हो।

विश्वविद्यालयले अध्ययन बिदा दक्ष, अनुसन्धानमुखी तथा अन्तर्राष्ट्रिय स्तरको प्राज्ञिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले प्रदान गरिने विशेष सुविधा भए पनि केही प्राध्यापकले यसको दुरुपयोग गर्दै अध्ययन पूरा गरेपछि सेवामा नफर्किएकाले विश्वविद्यालयलाई आर्थिक, शैक्षिक तथा प्राज्ञिक क्षति पुगेको जनाएको छ।

त्रिवि शिक्षक तथा कर्मचारी सेवा सम्बन्धी नियम, २०५० अनुसार तीन वर्षभन्दा बढी र पाँच वर्षसम्म अध्ययन बिदा लिएका शिक्षकले कम्तीमा पाँच वर्ष विश्वविद्यालयमा सेवा गर्नुपर्ने व्यवस्था छ। यदि तीन वर्ष अध्ययन बिदा लिएको भए कम्तीमा तीन वर्ष सेवा गर्नुपर्ने प्रावधान छ।अध्ययन बिदा सकिएपछि सेवामा नफर्किए बिदा अवधिभर प्राप्त तलब–भत्ता १० प्रतिशत ब्याजसहित फिर्ता गर्ने कबुलियतनामा गराइने व्यवस्था भए पनि धेरैले राजीनामा दिएर रकम फिर्ता नगरेको पाइएको छ।

त्रिवि छानबिन समितिको प्रतिवेदनअनुसार अध्ययन बिदा लिएर अध्ययन पूरा गरेपछि नफर्किएका १९१ जना र अध्ययन बिदा लिएर अध्ययन नै पूरा नगर्ने २०७ जना गरी कुल ३९८ जना प्राध्यापक अध्ययन बिदा दुरुपयोगको दायरामा परेका छन्।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit