Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

मनसुनका बेला पहिरोको निगरानी गर्न गृहले बनायो मोबाइल एप

मनसुनका बेला पहिरोको निगरानी गर्न गृहले बनायो मोबाइल एप
काठमाडौँ, ४ असारः सिंहदरबारमा बिहीबार बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक पश्चात सञ्चारकर्मीलाई प्रतिक्रिया दिनुहुँदै गृहमन्त्री सुधन गुरुङ। तस्बिर गोपाल दाहाल/रासस
विज्ञापन
Advertisement

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले मनसुनजन्य विपद्का बेला मन्त्रीहरूले निरीक्षणमा जानेभन्दा नागरिकको सुरक्षालाई प्राथमिकता दिइने बताएका छन्।

विज्ञापन
Advertisement
Advertisement

बिहीबार उनले मनसुनको बेला उद्धार तथा राहतलाई प्रभावकारी बनाउन हेलिकप्टर परिचालनदेखि पहिरो प्रभावित क्षेत्र पहिचान गर्न मोबाइल एप विकास गरिएको जानकारी दिए।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकपछि मन्त्री गुरुङले डोजरहरूको अवस्थिति र तत्काल सडक खुलाउन आवश्यक समन्वयका लागि प्रयोग हुने गरी मन्त्रालयले एप निर्माण गरेको बताए ।

उनका अनुसार उक्त एपमा कुनकुन क्षेत्रमा पहिरो गयो? कहाँ तत्काल बाटो खुलाउनुपर्नेछ भन्ने जानकारी उपलब्ध हुनेछन् । त्यसपछि मन्त्रालयले तत्काल डोजरहरु पठाएर पहिरो पन्छाई बाटो खुलाउने छ।

विगतका कमजोरी दोहोरिन नदिने र नागरिकलाई लामो समय सडकमा अलपत्र पर्न नदिन सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit