काठमाडाैं । साताको दोस्रो दिन शेयर भारीमा ३३.३३ अंकको घटेर २ हजार ६७०.०६ विन्दुमा मा आइपुगेको हो । शेयर बजार नेपाल मात्र नभई विश्वभरको शेयर बजारमा गिरावट आएको छ । यो दिन ५ अर्ब ६५ करोड रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै कारोबारगर्नेमा हिमालयन रिइस्योरेन्स रहेको छ ।
यो दिन घटेको बजारमा जलविद्युत कम्पनीका लगानीकर्ताले राहत लिएका छन् । बुलवल पावर कम्पनीको शेयर मूल्य ६.७५ प्रतिशतले बढेको छ । कम्पनीले ले एफपीओ रद्द गरी हकप्रद शेयर जारी गर्ने भएको छ । गत चैत २२ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेसँगै कम्पनीका शेयर धनिहरु बजारप्रति आकर्षण भएका हुन् ।
कम्पनीले प्रिमियम मूल्यमा एक करोड कित्ता एफपीओ बिक्री गर्नका लागि धितोपत्र बोर्डसँग अनुमति मागेको थियो । उक्त एफपीओ प्रक्रिया रद्द गरी अब ४० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय भएको कम्पनीले जानकारी गराएको छ ।
कम्पनीको हाल चुक्ता पुँजी ३ अर्ब ४० करोड ९० लाख ६४ हजार ६०० रुपैयाँ छ । चुक्ता पूँजीको ४० प्रतिशतले हुने एक अर्ब ३६ करोड ३६ लाख २५ हजार ८०० रुपैयाँ बराबरको हकप्रद जारी हुने भएको हो । त्यस कारणले पनि कम्पनीप्रति लगानीकर्ता झुम्मिएका छन् ।
घटेको बजारमा हिमालयन पावर, समृद्धि फाइनान्स र अपर हेवाखोला हाइड्रो पावरको शेयर मूल्य ४.३१ प्रतिशत पाँच प्रतिशतभन्दाबढीले घटेको छ।
आज नेपालको मात्र नभई विश्वभरको शेयर बजारमा भारी गिरावट आएको छ । चिनियाँ प्रतिकार र विश्वव्यापी मन्दीको चेतावनी अझ चर्को हुँदै जाँदा पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कठोर भन्सार शुल्कमा अडान लिइरहेको बेला सोमबार विश्व बजार आतङ्कित भएको छ ।
विश्वभरका देशहरूले नयाँ अमेरिकी भन्सार शुल्कको धारलाई कम गर्न सङ्घर्ष गरिरहेका छन् तर बेइजिङले विश्वको दुई ठूला अर्थतन्त्रबीचको व्यापार युद्धलाई बढावा दिँदै भन्सार शुल्कहरूको सामना गरिरहेको सङ्केत दिएको छ ।
ट्रम्पले अमेरिकाका व्यापारिक साझेदारहरूसँगको घाटामा कटौती गर्ने आफ्नो मागलाई दोब्बर तुल्याउँदै त्यो समाधान नभएसम्म कुनै पनि सम्झौतामा कटौती नगर्ने बताउँदै आएका छन् । जसले अमेरिकी नीतिले दक्षिण एशियाली मुलुकदेखि एसियन मुलुकहरुमा समेत व्यापारमा ठुलो असर गर्ने बताइएको छ । जसले विश्वभरको शेयरबजारमा गिरावट आएको हो ।







कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्