Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

रास्वपा महाधिवेशनः ८० विद्युतीय उपकरणबाट मतदान, दुई घण्टामै नतिजा

रास्वपा महाधिवेशनः ८० विद्युतीय उपकरणबाट मतदान, दुई घण्टामै नतिजा
विज्ञापन
Advertisement

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत आज हुने निर्वाचनमा ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार उम्मेदवारको अन्तिम सूची प्रकाशन भएपछि उपकरणमा उनीहरुको नाम र तस्बिर राखेर मतदान गराइने छ ।

मध्याह्नदेखि पहिलो चरणको मतदान गर्ने लक्ष्यका साथ आफूहरु खटिइरहेको केसीको भनाइ छ । उनले नमुना मतदानका निम्ति पाँच वटा उपकरण प्रयोग गरिने जानकारी दिए।

रास्वपा निर्वाचनमा ४०० भन्दाबढीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । विभिन्न ‘क्लस्टर’बाट पनि उम्मेदवार कायम भएकाले मतदानमा अतिरिक्त समय लाग्ने देखिएको छ।

तर, मतदान पूरा भएको दुई घण्टाभित्र नतिजा सार्वजनिक गरिने प्रमुख केसीले बताए । पहिलो चरणमा ९९ केन्द्रीय सदस्यका लागि मतदान हुँदैछ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit