Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

‘कच्चा तेलको मूल्यमा भारी गिरावट आउँदा समेत नेपाली उपभोक्ताले राहत पाउन सकेनन्’

‘कच्चा तेलको मूल्यमा भारी गिरावट आउँदा समेत नेपाली उपभोक्ताले राहत पाउन सकेनन्’
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आए पनि नेपाली उपभोक्ताले राहतको अनुभूती गर्न नपाएको गुनासो गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

महामन्त्री पौडेलले आज सामाजिक सञ्जालमार्फत अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा ठूलो गिरावट आए पनि नेपाली उपभोक्ताले राहत पाउन नसकेको बताएका हुन् ।

‘करिब ३० प्रतिशतभन्दा बढीले मूल्य घटिसक्दा नेपाल आयल निगमले स्थानीय बजारमा मूल्य समायोजन नगर्दा आमनागरिक महँगो इन्धन किन्न बाध्य छन्’, उनले भने । कुनै समय प्रति ब्यारेल ११७.६३ डलर पुगेको कच्चा तेलको मूल्य हाल ६९.२१ डलरको आसपासमा झरिसकेको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दा त्यसको प्रत्यक्ष लाभ र राहत आमनागरिकले सहजै पाउनुपर्ने उनको भनाइ छ । पौडेलले नेपालमा इन्धनको मूल्यलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्न ‘स्वचालित मूल्य प्रणाली’ निगमबाट लागू गरिएको भनिए पनि उक्त व्यवस्था लागू नभएको उल्लेख गरेका छन् ।

पछिल्लो समय कच्चा तेलको मूल्यमा आएको यो गिरावटको लाभ तत्काल उपभोक्तालाई हस्तान्तरण गरी सुशासनको प्रत्यभूति गराउन उनले माग गरेका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit