Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

राजस्व बढे पनि वीरगञ्ज भन्सारको वार्षिक लक्ष्य अपुरै, जेठमा २२ अर्ब ३२ करोड संकलन 

राजस्व बढे पनि वीरगञ्ज भन्सारको वार्षिक लक्ष्य अपुरै, जेठमा २२ अर्ब ३२ करोड संकलन 
विज्ञापन
Advertisement

वीरगञ्ज (पर्सा) । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब ७८ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

कार्यालयले चालु आवमा दुई खर्ब ४९ अर्ब १९ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । तर, सो अवधिमा भने लक्ष्यको ८९ प्रतिशत मात्रै राजस्व सङ्कलन गरेको हो। वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आवको ११ महिनामा राजस्व सङ्कलन उत्साहजनक भएको दाबी गरेपनि कार्यालयले वार्षिक लक्ष्य पूरा गर्न नसक्ने देखिएको छ।

‘कार्यालयले गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालु आवको ११ महिनाको अवधिमा नौ प्रतिशत बढी अर्थात १७ अर्ब ९७ करोड राजस्व सङ्कलन भएको छ’, उनले भने । कार्यालयले गत आवको ११ महिनामा दुई खर्ब तीन अर्ब ८१ करोड राजस्व सङ्कलन गरेको थियो ।

भन्सार विभागले कार्यालयलाई वर्षभरिमा दुई खर्ब ७३ अर्ब ३९ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको थियो । कार्यालयले चालु आवको साउनमा १८ अर्ब ४४ करोड, भदौमा २० अर्ब ७४ करोड, असोजमा १९ अर्ब नौ करोड, कात्तिकमा १७ अर्ब ३३ करोड र मङ्सिरमा २० अर्ब ८० करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।

यसैगरी, पुसमा २० अर्ब २० करोड, माघमा १८ अर्ब ९२ करोड, फागुनमा १९ अर्ब ३४ करोड र चैतमा २२ अर्ब ८२ करोड, वैशाखमा २१ अर्ब ७४ करोड र जेठ महिनामा २२ अर्ब ३२ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका हुँदै आठ खर्ब ९० अर्ब सात करोड मूल्य पर्ने वस्तु तथा सामान भित्रिएको छ।

गत आवको ११ महिनाको अवधिमा सात खर्ब ७० अर्ब मूल्य पर्ने वस्तु तथा सामान भित्रिएको थियो। चालु आवको ११ महिनामा यो नाका हुँदै ९९ अर्ब ६६ करोड मूल्य पर्ने वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको छ । समीक्षा अवधिमा गत आवमा ९६ अर्ब ७२ करोड मूल्य पर्ने वस्तु तथा सामान निर्यात भएको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit