Advertisement
Advertisement
Corporate Samachar
१२ असार २०८३, शुक्रबार
Advertisement

रास्वपा केन्द्रीय सदस्यमा स्वर्णिम, सोविता र शिशिरले पाए धेरै मत, कसको कति ?

रास्वपा केन्द्रीय सदस्यमा स्वर्णिम, सोविता र शिशिरले पाए धेरै मत, कसको कति ?
विज्ञापन
Advertisement

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनबाट ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्। रास्वपा निर्वाचन आयोगका अनुसार खुलातर्फ ३२ जना तथा समावेशी समूहबाट ६७ जना गरी कुल ९९ जना केन्द्रीय सदस्य चयन भएका हुन्।

विज्ञापन
Advertisement
Advertisement

निर्वाचन परिणामअनुसार खुलातर्फ स्वर्णिम वाग्ले सर्वाधिक दुई हजार ६५६ मतसहित निर्वाचित भएका छन्। त्यसपछि सोविता गौतमले खुला महिलातर्फ सर्वाधिक दुई हजार ६४१ मत प्रास्त गरिन् ।

यसैगरी, शिशिर खनालले दुई हजार ५३८, सागर ढकालले दुई हजार ३७६, डा। तोसिमा कार्कीले दुई हजार ३०२, रञ्जु दर्शनाले दुई हजार २९३, मनिष झाले दुई हजार २८१, हरि ढकालले दुई हजार २६२, कविन्द्र बुर्लाकोटीले दुई हजार २२७, विपिनकुमार आचार्यले दुई हजार १६९, रमेश प्रसाईँले दुई हजार १६६ तथा निशा डाँगीले दुई हजार १३२ मत प्राप्त गरेका छन्।

यस्तै, विराजभक्त श्रेष्ठले दुई हजार १२३, इन्दिरा राना मगरले दुई हजार ९०, गणेश पराजुलीले दुई हजार ८७, पुकार बमले दुई हजार ७०, (जगदीश खरेल ललितपुर) ले दुई हजार ६५, शुलभ खरेलले दुई हजार ४३, यज्ञमणि न्यौपानेले एक हजार ९०३, प्रमोद न्यौपानेले एक हजार ८९२, सस्मित पोखरेलले एक हजार ८६४ तथा रिमा विश्वकर्माले एक हजार ८४५ मत प्राप्त गरेका छन्।

त्यसैगरी रघुराज पाण्डेले एक हजार ८४०, राजीव खत्रीले एक हजार ७४५, समीक्षा बास्कोटाले एक हजार ७३९, गणेश कार्कीले एक हजार ७३४, खगेन्द्र सुनारले एक हजार ७३३, अशिम शाहले एक हजार ७३०, हिमेश पन्तले एक हजार ६५०, जगदीश खरेल (दोलखा) ले एक हजार ५५२, गीता चौधरीले एक हजार ५३७ र लिमा अधिकारी आचार्यले एक हजार ५३६ मत प्राप्त गरी केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।

निर्वाचन आयोगका अनुसार समावेशी समूहअन्तर्गत खस–आर्यबाट १०, आदिवासी जनजातिबाट ९, थारुबाट २, मधेसीबाट ५, दलितबाट ४, मुस्लिमबाट २ तथा सातै प्रदेशबाट पाँच–पाँच जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit