Advertisement
Advertisement
Corporate Samachar
१२ असार २०८३, शुक्रबार
Advertisement

रास्वपाको महाधिवेशन लम्बिँदा प्रतिनिधिसभा बैठक दोस्रो पटक सर्‍यो

रास्वपाको महाधिवेशन लम्बिँदा प्रतिनिधिसभा बैठक दोस्रो पटक सर्‍यो
विज्ञापन
Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन लम्बिएका कारण प्रतिनिधिसभाको बैठक पुनः स्थगित गरिएको छ। आज दिउँसो १ बजे बस्ने तय भएको बैठक अब असार १३ गते शनिबार बिहान ११ बजे बस्ने गरी पुनः सारिएको हो।

विज्ञापन
Advertisement
Advertisement

सङ्घीय संसद्का महासचिव पदमप्रसाद पाण्डेयले जारी गरेको सूचनाअनुसार सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) बमोजिम बैठक स्थगित गरी नयाँ मिति तोकेका हुन् । यसअघि पनि असार ११ गतेका लागि तय गरिएको बैठक स्थगित गरिएको थियो।

रास्वपाको चितवनस्थित भरतपुरमा जारी प्रथम महाधिवेशन अपेक्षाभन्दा लामो समयसम्म चलेका कारण बैठक प्रभावित भएको बताइएको छ।

आजको बैठकमा महालेखा परीक्षकको ३९औँ वार्षिक प्रतिवेदन, २०८३ पेस गर्ने, सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३, सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण )तेस्रो संशोधन) विधेयक, २०८३, सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ प्रस्तुत गर्ने कार्यसूची रहेको थियो।

यसैगरी आर्थिक विधेयक, २०८३ माथि प्राप्त संशोधनहरूमा छलफल तथा निर्णय गर्ने र राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि दफावार छलफल गरी पारित गर्ने कार्यक्रम पनि आजकै बैठकमा तय गरिएको थियो। बैठक स्थगित भएसँगै यी सबै कार्यसूची शनिबारको बैठकमा सारिने भएका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit