Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

रास्वपा महाधिवेशनः रवि लामिछाने र स्वर्णिम वाग्लेले गरे मतदान

रास्वपा महाधिवेशनः रवि लामिछाने र स्वर्णिम वाग्लेले गरे मतदान
विज्ञापन
Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी निर्वाचनमा सभापति रवि लामिछाने तथा उपसभापति डा. स्वर्णिम वाग्लेले मतदान गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

चितवनको भरतपुरमा असार ७ गतेदेखि जारी महाधिवेशनअन्तर्गत बुधबार रातीबाट सुरु गरिएको केन्द्रीय सदस्य चयनका लागि मतदान प्रक्रिया अन्तिम चरणमा पुगेको छ। रास्वपाको बन्दसत्र सम्पन्न भएपछि निर्वाचन प्रक्रिया अघि बढाइएको भए पनि महाधिवेशन प्रतिनिधि र उम्मेदवारको टुंगो लगाउन समय लाग्दा मतदान कार्य निर्धारित समयभन्दा निकै ढिलो सुरु भएको थियो।

बिहीबार सभापति लामिछानेले केन्द्रीय सदस्यको निर्वाचनमा मतदान गर्दा निवर्तमान उपसभापति वाग्लेले पनि नयाँ कार्यसमिति सदस्य चयनमा सहभागी बनेका हुन् । वाग्ले यस निर्वाचनमा केन्द्रीय सदस्य पदका उम्मेदवारसमेत छन्।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit