काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनअन्तर्गत पदाधिकारी निर्वाचनको तालिका पुनः संशोधन गरिएको छ।
रास्वपा निर्वाचन आयोगले पाँचौँपटक संशोधन गर्दै नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो।
संशोधित तालिकाअनुसार पार्टी पदाधिकारी पदका लागि उम्मेदवारी फारम वितरण आज साँझ ६ः३० बजेदेखि ७ः०० बजेसम्म गरिनेछ। उम्मेदवारहरूको प्रारम्भिक नामावली साँझ ७ः३० बजे प्रकाशन गरिने कार्यक्रम छ।
उम्मेदवारविरुद्ध दाबी–विरोध दर्ता गर्ने समय साँझ ८ः०० बजेसम्म तोकिएको छ भने दाबी–विरोधमाथिको जाँचबुझ साँझ सवा ८ बजेसम्म सम्पन्न गरिनेछ। उम्मेदवारले नाम फिर्ता लिन सक्ने अन्तिम समय साँझ साढे ८ बजेसम्म निर्धारण गरिएको छ।
यसपछि उम्मेदवारहरूको अन्तिम नामावली साँझ ८ः४५ बजे प्रकाशित गरिनेछ। साँझ ८ः४५ बजेदेखि राति सवा ९ बजेसम्म मौन अवधि कायम रहनेछ।
निर्वाचन आयोगले सार्वजनिक गरेको तालिकाअनुसार पार्टी पदाधिकारी पदका लागि राति सवा ९ बजेदेखि सवा १२ बजेसम्म मतदान हुनेछ। मतदान सम्पन्न भएपछि राति सवा १२ बजेदेखि सवा १ बजेसम्म मतगणना गरिने जनाइएको छ।
निर्वाचनको अन्तिम परिणाम भने राति साढे १ बजे घोषणा गर्ने पार्टी निर्वाचन आयोगले जनाएको छ।















प्रतिक्रिया दिनुहोस्