Advertisement
Advertisement
Corporate Samachar
१२ असार २०८३, शुक्रबार
Advertisement

युवालाई रोजगारी र उद्यमशीलतासँग जोड्न ललितपुरमा सीप–रोजगार मेला

युवालाई रोजगारी र उद्यमशीलतासँग जोड्न ललितपुरमा सीप–रोजगार मेला
विज्ञापन
Advertisement

काठमाडौं । ललितपुर महानगरपालिकाले युवालाई सीप विकास, रोजगारी र उद्यमशीलतासँग जोड्ने उद्देश्यले शुक्रबार सीप तथा रोजगार मेला आयोजना गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

रोजगार सेवा केन्द्र, ललितपुर महानगरपालिकाको आयोजनामा तथा जीविको इजिसिएटिभ्सको प्राविधिक सहकार्यमा आयोजित मेलाको नारा ‘ललितपुर समृद्धि र सुशासनको आधार, सम्पदा–संस्कृतिसहितको स्मार्ट सेवा र पूर्वाधार’ रहेको छ।

मेलामा विभिन्न सरकारी तथा गैरसरकारी संस्था, तालिम प्रदायक संस्था तथा रोजगारदाता कम्पनीहरूको सहभागिता रहेको छ। सहभागी युवाले उपलब्ध रोजगारीका अवसर, सीपमूलक तालिम तथा रोजगार आवेदन प्रक्रियाबारे प्रत्यक्ष जानकारी लिएका छन्। रोजगार सेवा केन्द्रकी रोजगार संयोजक लक्ष्मी कार्कीले मेलाको मुख्य उद्देश्य युवालाई नेपालभित्र उपलब्ध रोजगारीका अवसर र आवश्यक सीप विकासका कार्यक्रमबारे जानकारी गराउनु रहेको बताइन्।

उनका अनुसार रोजगार सेवा केन्द्रले आन्तरिक तथा वैदेशिक रोजगार प्रवर्द्धनका क्षेत्रमा काम गर्दै आएको छ। विशेषगरी आन्तरिक रोजगारीका लागि युवालाई रोजगारदाता संस्था तथा कम्पनीसँग जोड्ने, विभिन्न क्षेत्रमा खुलेका रोजगारीबारे जानकारी दिने र आवश्यक सीप कहाँबाट हासिल गर्न सकिन्छ भन्ने विषयमा सहजीकरण गर्ने लक्ष्यसहित मेला आयोजना गरिएको हो। उनले भनिन्, ‘रोजगार केन्द्रले आन्तरिक रोजगार प्रवद्र्धन र वैदेशिक रोजगार गरी दुई क्षेत्रमा काम गरिरहेको छ। आन्तरिक रोजगार प्रवद्र्धनका क्रममा नेपालमै रहेका युवालाई रोजगारदाता संस्था तथा कम्पनीसँग जोड्ने, कहाँ–कहाँ रोजगारी खुलिरहेको छ भन्ने जानकारी दिएर आवश्यक सीप उपलब्ध गराउने उद्देश्यले मेला आयोजना गरिएको हो ।’

यसैबीच, मेलामा सहभागी सहारा फाउण्डेसनकी अध्यक्ष दिलमाया तामाङ रानाले आत्मनिर्भरता नै संस्थाको प्रमुख लक्ष्य रहेको बताइन्। उनले दातामुखी सोचभन्दा व्यवहारिक सीप र उत्पादनमार्फत आर्थिक रूपमा सक्षम बन्नुपर्नेमा जोड दिइन्। रानाले संस्थाले हाल आफ्नै कार्यालयमार्फत निःशुल्क रूपमा २० देखि २५ प्रकारका सीपमूलक तालिम सञ्चालन गरिरहेको र टाढाका इच्छुक व्यक्तिका लागि अनलाइन तालिमको व्यवस्था समेत गरिएको जानकारी दिइन्।

उनका अनुसार सहारा फाउन्डेसनले कुनै विभेद नगरी सबैका लागि निःशुल्क तालिम उपलब्ध गराउँदै आएको छ। गुणस्तरीय उत्पादनसँगै बजार व्यवस्थापनको ज्ञान भए उत्पादनको बजार आफैं विस्तार हुने उनको भनाइ थियो।

आयोजकका अनुसार सीप तथा रोजगार मेलाले युवालाई रोजगारी, उद्यमशीलता र आत्मनिर्भरतातर्फ आकर्षित गर्दै स्थानीय स्तरमै आर्थिक अवसर सिर्जना गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit