Advertisement
Advertisement
Corporate Samachar
१२ असार २०८३, शुक्रबार
Advertisement

रौतहटका १५ वटा पालिकाले ल्याए बजेट : आठ नगरपालिले ५.२ अर्ब माथि बजेट सार्वजनिक गर्दा तीन वटाको बाँकी

रौतहटका १५ वटा पालिकाले ल्याए बजेट : आठ नगरपालिले ५.२ अर्ब माथि बजेट सार्वजनिक गर्दा तीन वटाको बाँकी
विज्ञापन
Advertisement

चन्द्रपुर (रौतहट) । रौतहट जिल्लाका १८ स्थानीय तहमध्ये १५ वटाले आगामी आर्थिक वर्ष २०८३/८४ नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

समयमै नगरसभा गरी नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नेमा गौर, चन्द्रपुर, परोहा, मौलापुर, बौधीमाई, गुजरा, इशनाथ, देवाहीगुनाही, माधवनारायण, गढीमाई, राजपुर, बृन्दावन, राजदेवी नगरपालिका छन् ।

दुर्गाभगवती तथा यमुनामाई गाउँपालिकाले पनि गाउँसभा गरिसकेका छन् भने कटहरिया, गरुडा र फतुवा विजयपुर नगरपालिकाले भने नगरसभा गरेका छैनन् । जिल्लाकै सबैभन्दा ठूलो चन्द्रपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि एक अर्ब २१ करोड ८० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

नगरप्रमुख सञ्जयकुमार काफ्ले र उपप्रमुख जयमाला चौधरीले पालिकाको १७औँ नगरसभाले आव २०८३/८४ का लागि एक अर्ब २१ करोड ८० लाखको बजेट विनियोजन गरेको जानकारी दिए। त्यसैगरी, गौर नगरपालिकाको १८औँ नगरसभा आगामी आवका लागि ५३ करोड ८८ लाखभन्दा बढीको बजेट प्रस्तुत गरेको छ । नगरको समग्र विकास, सुशासन र समृद्धिलाई मुख्य प्राथमिकतामा राख्दै नगरप्रमुख शम्भु साहले बजेट तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

यस्तै, मौलापुर नगरपालिकाले पनि आफ्नो नगरसभामार्फत आगामी आव २०८३/८४ को लागि करिब ४२ करोडको बजेट ल्याएको नगरप्रमुख रिनाकुमारी साहले जानकारी दिइन् । बजेटले विगतदेखि नै सञ्चालनमा रहेको ‘नगर मास्टर’ र ‘नगर डाक्टर’ कार्यक्रमलाई निरन्तरता दिइएको छ भने बिजुली र खानेपानी निःशुल्क तथा ‘छोरीसँग मेयर कार्यक्रम’लाई प्रभावकारी रूपमा अघि बढाउने उद्घोष गरेको छ।

गढीमाई नगरपालिका प्रमुख श्याम यादवले आव २०८३/८४ का लागि ५९ करोड २२ लाख ५५ हजारको बजेट विनियोजन गरिएकामा चालु खर्चतर्फ ४० करोड ९० लाख ४७ हजार र पुँजीगत खर्चतर्फ १८ करोड ३२ लाख आठ हजार छुट्याएको छ। त्यसैगरी, बौधीमाई नगरपालिकाको १२औँ नगरसभा नगरप्रमुख प्रदीप राय यादवको अध्यक्षतामा सम्पन्न नगरसभामा उपप्रमुख प्रमिला देवीले आव २०८३/८४ का लागि ६३ करोड ९६ लाख चार हजार रुपैयाँ बराबरको वार्षिक बजेट प्रस्तुत गरेकी छन् ।

वृन्दावन नगरपालिकाको पनि ११औँ नगरसभामा आगामी आव २०८३/८४ का लागि ६० करोड ९२ लाख २५ हजार ८८१ रुपैयाँको बजेट प्रस्तुत गरेको छ। यस्तै, राजपुर नगरपालिकाको १०औँ नगरसभा आगामी आव २०८३/८४ का लागि ५० करोड २१ लाख ९३ हजारको आयव्ययको विवरण सार्वजनिक गरेको छ।

यसैगरी, माधव नारायण नगरपालिकाको ११औं नगरसभामा आव २०८३/८४ का लागि ५० करोड २९ लाख २० हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ। रासस

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit