Advertisement
Advertisement
Corporate Samachar
१४ असार २०८३, आईतवार
Advertisement

ट्राफिक नियमसँगै राज्यको लापरबाहीमा पनि जरिवानाको व्यवस्था गर्न सांसद शाहीको माग

ट्राफिक नियमसँगै राज्यको लापरबाहीमा पनि जरिवानाको व्यवस्था गर्न सांसद शाहीको माग
विज्ञापन
Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले ट्राफिक नियम उल्लंघन गर्ने नागरिकलाई कडा कारबाही गर्ने व्यवस्था लागू गरिए राज्य पनि आफ्ना दायित्वप्रति समान रूपमा जवाफदेही हुनुपर्ने बताएका छन्।

विज्ञापन
Advertisement
Advertisement

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले ट्राफिक नियम उल्लंघन गर्नेलाई कानुनअनुसार कारबाही गरिनुपर्नेमा आफूहरूको कुनै असहमति नरहेको स्पष्ट पारे हुन्। तर नागरिकलाई मात्र जरिवाना गर्ने व्यवस्था पर्याप्त नहुने भन्दै राज्यका निकायले लापरबाही गरे उनीहरूलाई पनि जरिवानाको व्यवस्था गर्नुपर्ने प्रस्ताव गरे।

सांसद शाहीले सडकमा २४ घण्टाभित्र खाल्डाखुल्डी भेटिए राज्यले एक लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने, ट्राफिक बत्ती बिग्रिए एक लाख रुपैयाँ, ट्राफिक प्रहरीले रुखो व्यवहार गरे ५० हजार रुपैयाँ, राति सडक बत्ती नबले ५० हजार रुपैयाँ र ट्रायल पास गरेको सात दिनभित्र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) उपलब्ध नगराए राज्यले ५० हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने व्यवस्था गर्न माग गरे।

उनले नागरिकमाथि कडा कानुनी दायित्व लागू गरिने हो भने राज्य र सम्बन्धित निकायले पनि आफ्ना जिम्मेवारी पूरा नगर्दा समान रूपमा उत्तरदायी हुनुपर्ने धारणा राखे।

सांसद शाहीले सडकको दुरवस्थाका कारण खाल्डाखुल्डीमा परेर सवारी दुर्घटना भए सम्बन्धित सरकारी निकाय र ठेकेदार कम्पनीमाथि ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाउने कानुनी व्यवस्था गर्न पनि सरकारसँग माग गरेका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit