काठमाडौं । श्रम संस्कृत पार्टीका सांसद आरेन राईले प्रधानमन्त्रीको अभिव्यक्तिबारे संसदमै स्पष्ट जवाफ दिनुपर्ने माग गरेका छन्। उनले सदनमा उठेको विषयको उत्तर सार्वजनिक कार्यक्रममा होइन, प्रतिनिधिसभामै आउनुपर्ने बताएका छन्।
आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले प्रधानमन्त्रीले दिएको भनिएको अभिव्यक्तिलाई रेकर्डबाट हटाउन आफूहरूले लामो समयदेखि माग गर्दै आए पनि त्यसबारे कुनै सुनुवाइ नभएको गुनासो गरे छन्।
उनले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रहितमा रहेको हो वा राष्ट्रघाती हो भन्ने विषयमा सरकारले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताए। राष्ट्रहितमा भएको भए रेकर्डबाट नहटाउन र राष्ट्रघाती भएको ठहर भए रेकर्डबाट हटाउनुपर्ने उनको भनाइ थियो।
सांसद राईले आफूहरूले प्रधानमन्त्रीको जवाफ चितवनबाट नभई प्रतिनिधिसभाबाटै अपेक्षा गरेको स्पष्ट पार्दै संसदप्रति सरकारको जवाफदेहिता सुनिश्चित गर्न आग्रह गरेका छन्।















प्रतिक्रिया दिनुहोस्