काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले लोकप्रियताको आवरण र जनमतको शक्तिको आडमा गणतान्त्रिक व्यवस्थालाई कमजोर बनाउने षड्यन्त्र भइरहेको आरोप लगाएका छन्। उनले त्यस्ता गतिविधिप्रति आफ्नो पार्टी गम्भीर र सचेत रहेको बताएका छन्।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै दुलालले जनमत जितेको शक्तिले गणतन्त्रको संरचनामाथि कपटपूर्ण रूपमा प्रहार गर्ने प्रयास भइरहेको भन्दै सबै लोकतान्त्रिक शक्तिलाई सतर्क रहन आग्रह गरेका हुन् ।
उनले अहिलेको व्यवस्थाप्रति पूर्वाग्रही दृष्टिकोण अपनाउने प्रयास भए देश पुनः द्वन्द्वतर्फ धकेलिन सक्ने चेतावनी पनि दिए। सांसद दुलालले आफ्नो पार्टीको संसदीय उपस्थिति सानो भए पनि विचारका हिसाबले बलियो रहेको दाबी गर्दै सही विचारले समयसँगै समाजमा प्रभाव पार्ने विश्वास व्यक्त गरे।
उनले पछिल्लो निर्वाचन परिणामलाई स्थायी हारका रूपमा नलिन आग्रह गर्दै आफ्नो पार्टी भविष्यमा पुनः सशक्त प्रतिस्पर्धी शक्तिका रूपमा स्थापित हुने दाबी गरे। ‘यो पटक हामी आवधिक चुनावमा हारेका हौं, सधैंका लागि होइन,’ उनले भने।















प्रतिक्रिया दिनुहोस्