Advertisement
Advertisement
Corporate Samachar
१९ असार २०८३, शुक्रबार
Advertisement

प्राइम कमर्सियल बैंकले ३ अर्बको डिबेञ्चर बिक्री अवधि थप्यो, असार ३० सम्म आवेदन खुला 

प्राइम कमर्सियल बैंकले ३ अर्बको डिबेञ्चर बिक्री अवधि थप्यो, असार ३० सम्म आवेदन खुला 
विज्ञापन
Advertisement

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको ‘६.२५ प्रतिशत प्राइम बैंक डिबेञ्चर २०९३’ मा आवेदन दिने अवधि असार ३० गतेसम्म थप गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

बैंकले असार १६ गतेदेखि बिक्री खुला गरेको उक्त डिबेञ्चरमा अब असार ३० सम्म आवेदन दिन सकिने जनाएको हो। यद्यपि, मागभन्दा बढी आवेदन परेमा तोकिएको मितिअगावै सूचना प्रकाशित गरी निष्काशन बन्द गरिने बैंकले जनाएको छ।

बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित मूल्यका ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको छ। तीमध्ये १८ लाख कित्ता अर्थात् १ अर्ब ८० करोड रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी १२ लाख कित्ता अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणका लागि छुट्याइएको छ। सर्वसाधारणतर्फ छुट्याइएकोमध्ये ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि आरक्षित गरिएको छ।

१० वर्ष अवधिको उक्त डिबेञ्चरमा वार्षिक ६.२५ प्रतिशत ब्याजदर तोकिएको छ। लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण निष्काशित कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा तिनका तोकिएका शाखामार्फत वा सीडीएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो सेयर’ प्रणालीमार्फत अनलाइन आवेदन दिन सकिने बैंकले जनाएको छ।

बैंकका अनुसार डिबेञ्चरबाट प्राप्त हुने ब्याज प्रत्येक आर्थिक वर्षको पहिलो र दोस्रो अर्धवार्षिक समाप्तिपछि प्रचलित कर कट्टा गरी लगानीकर्तालाई भुक्तानी गरिनेछ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit