Advertisement
Advertisement
Corporate Samachar
२२ असार २०८३, सोमबार
Advertisement

झापामा नियमविपरीत सञ्चालित शैक्षिक परामर्श संस्था कारबाहीको दायरामा

झापामा नियमविपरीत सञ्चालित शैक्षिक परामर्श संस्था कारबाहीको दायरामा
विज्ञापन
Advertisement

झापा । झापामा दर्ता तथा आवश्यक अनुमति नलिई सञ्चालन भएका शैक्षिक परामर्श संस्था कारबाहीको दायरामा परेका छन्। इलाका प्रहरी कार्यालयले नेपाल शैक्षिक परामर्श व्यवसायी सङ्घ (इक्यान) झापाको समन्वयमा विभिन्न स्थानमा अनुगमन गर्दै दर्ताविहीन संस्थाका कागजात जफत गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार कोशी प्रदेश सरकारमा जिल्लाका १८८ शैक्षिक संस्था मात्रै नियमानुसार दर्ता भएका छन्। तर, झन्डै आधा संस्थाले आवश्यक अनुमति नलिई भाषा अध्यापनका लागि शैक्षिक परामर्श कक्षा सञ्चालन गरिरहेको भेटिएकाले उनीहरूलाई कानुनी दायरामा ल्याइएको हो।

इक्यान झापाले जिल्लामा करिब २०० वटा शैक्षिक परामर्श संस्था नियमविपरीत सञ्चालन भइरहेको दाबी गरेको छ।तथ्यांकअनुसार दमकमा करिब ९० र बिर्तामोडमा १२५ शैक्षिक परामर्शदाता संस्था सञ्चालनमा छन्। दमकमा रहेका संस्थामध्ये ३२ वटाले मात्रै आवश्यक दर्ता अनुमति लिएका छन्। भाषा अध्यापन गराउने केही शैक्षिक परामर्श संस्थाले विद्यार्थीसँग चर्को शुल्क असुलेको गुनासो आएपछि प्रशासनले अनुगमन र कारबाही प्रक्रिया तीव्र बनाएको जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit