Advertisement
Advertisement
Corporate Samachar
२२ असार २०८३, सोमबार
Advertisement

भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहने : मन्त्री रावल

भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहने : मन्त्री रावल
विज्ञापन
Advertisement

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरणको कार्यक्रम निरन्तर अघि बढ्ने बताएकी छन्। सरकारले भूमिहीनलाई जग्गा उपलब्ध गराउने नीति लिएकाले यस कार्यक्रमका लागि बजेटको अभाव हुन नदिने उनको भनाइ छ।

विज्ञापन
Advertisement
Advertisement

सोमबार राष्ट्रियसभामा विनियोजन विधेयक, २०८३ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री रावलले बर्दियाबाट लालपुर्जा वितरण सुरु भइसकेको जानकारी दिइन्। उनका अनुसार हालसम्म करिब १२ लाख भूमिहीन र सुकुमवासीले जग्गा प्राप्तिका लागि निवेदन दिएका छन् भने यस कार्यक्रमका लागि ६१ करोड ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। उनले सरकारले वैज्ञानिक भूमिसुधार, उत्पादनमुखी भूमि व्यवस्थापन तथा स्थानीय तहको सुदृढीकरणलाई उच्च प्राथमिकताका साथ अघि बढाइरहेको बताइन्।

मन्त्री रावलले सुशासन, पारदर्शिता र नागरिकमैत्री सेवा प्रवाहलाई डिजिटल रूपान्तरणसँग जोडेर कार्य भइरहेको उल्लेख गर्दै समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने कार्यक्रम पनि निरन्तर सञ्चालन हुने जानकारी दिइन्। उनले ट्रेड युनियन खारेजीबाट निजामती सेवामा देखिएका विकृति र विसङ्गति अन्त्य हुने विश्वास व्यक्त गर्दै सङ्घीय निजामती ऐन जारी भएपछि प्रशासनिक सङ्घीयता कार्यान्वयन थप प्रभावकारी हुने बताइन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit