Advertisement
Advertisement
Corporate Samachar
२२ असार २०८३, सोमबार
Advertisement

शिक्षा तथा खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

शिक्षा तथा खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल
विज्ञापन
Advertisement

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा रहेको बताउँदै आगामी आर्थिक वर्षका लागि दुई खर्ब १८ अर्ब ३० करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिएका छन्।

विज्ञापन
Advertisement
Advertisement

सोमबार राष्ट्रियसभामा ‘विनियोजन विधेयक, २०८३’ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले उक्त बजेट कुल राष्ट्रिय बजेटको १०।२८ प्रतिशत रहेको बताए। प्रतिशतका हिसाबले अघिल्लो वर्षभन्दा केही कम भए पनि रकमका आधारमा करिब सात अर्ब रुपैयाँले वृद्धि भएको उनको भनाइ थियो।

मन्त्री पोखरेलका अनुसार विद्यालय शिक्षामा सबैभन्दा बढी ६९।४९ प्रतिशत बजेट छुट्याइएको छ। माध्यमिक तह सञ्चालन भएका सबै सामुदायिक विद्यालयमा स्मार्टबोर्ड व्यवस्थापनका लागि एक अर्ब सात करोड रुपैयाँ विनियोजन गरिएको छ भने प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीका लागि दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिइएको छ। उनले आगामी वर्ष ७ हजार ६६० जनालाई बजारमुखी सीप विकास तालिम प्रदान गरिने, एसईई परीक्षा सञ्चालन प्रदेश सरकारमार्फत गरिने तथा विद्यालयको भौतिक पूर्वाधार, शिक्षक तालिम, डिजिटल शिक्षा र अनुसन्धानलाई प्राथमिकता दिइएको बताए।

मन्त्री पोखरेलले न्यून विद्यार्थी भएका विद्यालयलाई भौगोलिक अवस्था र आवश्यकताका आधारमा गाभ्ने वा पुनर्संरचना गरिने स्पष्ट पारे। तर विद्यार्थी सङ्ख्या कम भएकै आधारमा कसैको शिक्षाको अधिकारबाट वञ्चित नगरिने उनले बताए। उनका अनुसार अपाङ्गता भएका बालबालिकाका लागि आवासीय छात्रवृत्ति, डिजिटल पाठ्यपुस्तक, विशेष विद्यालय तथा प्रत्येक प्रदेशमा आवासीय विद्यालय सञ्चालनका लागि पनि बजेट व्यवस्था गरिएको छ।

मन्त्री पोखरेलले विश्वविद्यालयमा राष्ट्रिय शैक्षिक क्यालेन्डर कार्यान्वयन, बजारमुखी शैक्षिक कार्यक्रम, डिजिटल पूर्वाधार विस्तार तथा सरकारी विद्यालयप्रति अभिभावकको विश्वास बढाउने कार्यक्रमलाई आगामी वर्ष विशेष प्राथमिकतामा राखिएको जानकारी दिए।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit