Advertisement
Advertisement
Corporate Samachar
२२ असार २०८३, सोमबार
Advertisement

फिल्डमै पुगेर ऊर्जा मन्त्रीले भने– पश्चिम नेपालको ट्रिपिङ र न्यून भोल्टेजलगायतका विद्युत् समस्या स्थायी रुपमै समाधान गर्छौं

फिल्डमै पुगेर ऊर्जा मन्त्रीले भने– पश्चिम नेपालको ट्रिपिङ र न्यून भोल्टेजलगायतका विद्युत् समस्या स्थायी रुपमै समाधान गर्छौं
विज्ञापन
Advertisement

काठमाडौं । नेपालगञ्ज, सुर्खेतलगायत पश्चिम नेपालका क्षेत्रमा लामो समयदेखि देखिँदै आएको विद्युत् अवरोध, न्यून भोल्टेज र विद्युत् मिटर अभावको समस्या समाधानका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ दुई दिनसम्म फिल्डमै बसेर सरोकारवालासँग छलफल गरेका छन्।

विज्ञापन
Advertisement
Advertisement

मन्त्री श्रेष्ठले ऊर्जा मन्त्रालयका सचिव, नेपाल विद्युत् प्राधिकरणका सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश प्रमुख, वितरण केन्द्रका अधिकारी, जनप्रतिनिधि, उद्योगी–व्यवसायी तथा स्थानीयसँग छलफल गर्दै समस्याको पहिचान र समाधानका उपायबारे समीक्षा गरेको उनको निजी सचिवालयले जनाएको छ। छलफलका क्रममा पश्चिम नेपालको विद्युत् वितरण प्रणाली जीर्ण बन्दै गएको, करिब चार दशकअघि निर्माण गरिएका संरचनाले अहिलेको बढ्दो विद्युत् माग धान्न नसकेको तथा फिडर, ट्रान्सफर्मर र अन्य वितरण उपकरणको अभावका कारण सेवा प्रभावित भएको निष्कर्ष निकालिएको मन्त्रालयले जनाएको छ।

नेपालगञ्ज क्षेत्र पश्चिमबाट आउने र पूर्वतर्फ जाने प्रसारण प्रणालीको अन्तिम बिन्दुमा रहेकाले प्राविधिक चाप बढी रहेको, पुराना उपकरणको गुणस्तर कमजोर भएको तथा वितरण सञ्जालको व्यापक स्तरोन्नति आवश्यक रहेको पनि छलफलमा औँल्याइएको छ। मन्त्री श्रेष्ठको पहलपछि कर्णाली प्रदेशमा देखिएको विद्युत् मिटर अभाव तत्काल समाधान हुने मन्त्रालयको दाबी छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार माग गरिएका पाँच हजार मिटरमध्ये दुई हजार मिटर आपूर्ति भई जडान प्रक्रिया सुरु भइसकेको र बाँकी तीन हजार मिटर सात दिनभित्र उपलब्ध गराइने बताइएको छ।

त्यसैगरी सुर्खेतमा लामो समयदेखि रहेको न्यून भोल्टेज समस्या समाधानका लागि वितरण प्रणाली स्तरोन्नतिका लागि आवश्यक बजेट विनियोजन गरी आगामी केही महिनाभित्र काम सुरु गर्ने तयारी गरिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार नेपालगञ्ज क्षेत्रमा पनि भरपर्दो, सुरक्षित र गुणस्तरीय विद्युत् सेवा सुनिश्चित गर्न आवश्यक बजेट, स्पष्ट कार्ययोजना र पूर्वाधार सुदृढीकरणका कार्यक्रम तत्काल अघि बढाइने छ।

यसैगरी, नेपाल विद्युत् प्राधिकरणका अनुसार सातौँ विद्युतीकरण आयोजना सम्पन्न भएपछि वितरण प्रणालीमा अपेक्षित सुधार हुन नसकेको, विद्युत् माग वार्षिक करिब १५ प्रतिशतले बढिरहेको तथा कोहलपुर राष्ट्रिय प्रसारण लाइन र टनकपुर आपूर्तिको अन्तिम बिन्दुमा रहेको सञ्जालमा बढ्दो चापका कारण सेवा प्रभावित हुँदै आएको छ।

यस्तै, न्यू नेपालगञ्ज सबस्टेशन निर्माणमा ढिलाइ, फिडर ओभरलोड, ट्रिपिङ, न्यून भोल्टेज, पुराना लाइन तथा अपर्याप्त ट्रान्सफर्मरका कारण विद्युत् आपूर्तिमा समस्या देखिएको निष्कर्षसमेत निकालिएको बताइएको छ। मन्त्री श्रेष्ठले निर्माणाधीन न्यू नेपालगञ्ज सबस्टेशन यथाशीघ्र सञ्चालनमा ल्याउन आवश्यक समन्वय गरिने, थप क्षमताका ट्रान्सफर्मर जडान, वितरण सञ्जाल विस्तार, पुराना लाइन र कन्डक्टर स्तरोन्नति, नयाँ फिडर निर्माण तथा प्रभावकारी लोड व्यवस्थापनलाई तत्काल प्राथमिकतामा राखिने बताए।

उनले फिडर ओभरलोड, ट्रिपिङ र न्यून भोल्टेजलगायत प्राविधिक समस्याको विस्तृत अध्ययन गरी तत्काल कार्यान्वयनमा जाने स्पष्ट पार्दै अत्यधिक गर्मीका बेला नागरिक, उद्योग, व्यवसाय र कृषि क्षेत्रमा परेको असरप्रति सरकार गम्भीर रहेको बताए। ‘पश्चिम नेपालका नागरिकले भरपर्दो, सुरक्षित र गुणस्तरीय विद्युत् सेवा पाउने वातावरण निर्माण गर्नु सरकारको प्राथमिकता हो। मन्त्रालय र नेपाल विद्युत् प्राधिकरण दुवैले संयुक्त रूपमा काम गर्दै यी समस्या स्थायी रूपमा समाधान गर्नेर्छौं,’ मन्त्री श्रेष्ठले भने।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit