काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित शिव शिखर सहकारीका थप २४८ जना बचतकर्तालाई बचत रकम फिर्ता गरेको जनाएको छ।
समितिका अनुसार यससँगै हालसम्म शिव शिखर सहकारीका कुल ११ सय १७ जना बचतकर्ताले आफ्नो बचत फिर्ता पाइसकेका छन्।
समितिले पहिलो चरणमा न्यून बचत रकम भएका बचतकर्तालाई प्राथमिकताका साथ रकम फिर्ता गरिएको जनाएको छ। आगामी दिनमा बचत रकमको आकारका आधारमा बचतकर्तालाई वर्गीकरण गर्दै क्रमशः रकम फिर्ता गर्ने प्रक्रिया जारी रहने पनि समितिको भनाइ छ।
सरकारले समस्याग्रस्त सहकारीबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमकै आधारमा पीडित बचतकर्तालाई बचत फिर्ता गरिरहेको स्पष्ट पारेको छ।
समितिका अनुसार प्रचलित कानुनी व्यवस्थाअनुसार समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकम सम्बन्धित सहकारीका बचतकर्तालाई फिर्ता गर्ने कार्यले तीव्रता पाएको छ।















प्रतिक्रिया दिनुहोस्