काठमाडौं । रू रू जलविद्युत परियोजना लिमिटेडले म्याग्दी हाइड्रोपावर लिमिटेडको जगेडा संस्थापक सेयरमा ८ करोड रुपैयाँ लगानी गर्ने निर्णय गरेको छ।
कम्पनीको सञ्चालक समितिको बिहबार बसेकाे बैठकले अन्य जलविद्युत कम्पनीमा लगानी गर्ने विषयमा छलफल गर्दै उक्त निर्णय गरेको हो।
कम्पनीले म्याग्दी हाइड्रोपावर लिमिटेडको जगेडा संस्थापक सेयरमध्ये प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यका ८ लाख कित्ता सेयर खरिद गर्नेछ। यसअनुसार कम्पनीको कुल लगानी ८ करोड रुपैयाँ हुनेछ।
कम्पनीले उक्त निर्णय सम्बन्धी जानकारी नियामक निकायलाई समेत गराएको जनाएको छ।














प्रतिक्रिया दिनुहोस्