Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

कुमारी बैंकद्वारा ‘ग्रिन हायर पर्चेज कर्जा योजना’ सञ्चालन, विद्युतीय सवारी किन्दा कर्जा सुविधा र अनुदान दिइने

कुमारी बैंकद्वारा ‘ग्रिन हायर पर्चेज कर्जा योजना’ सञ्चालन, विद्युतीय सवारी किन्दा कर्जा सुविधा र अनुदान दिइने
विज्ञापन
Advertisement

काठमाडौं । कुमारी बैंकले ‘ग्रिन हायर पर्चेज कर्जा योजना’ सञ्चालनमा ल्याएको छ । दिगो, समावेशी तथा जिम्मेवार बंैकिङको नियमित अभ्यास गर्दै दिगो विकासका लक्ष्यहरु हासिल गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै बैंकले जिआईजेड, ग्लोबल ग्रिन ग्रोथ इष्टिच्यूट आदि जस्ता संस्थाहरुद्धारा ब्यावस्थापन तथा प्रर्वद्धन गरिएको ‘सस्टेनेबल इलेक्ट्रिक ट्रान्सपोर्ट नेपाल परियोजना’ अन्र्तगत यो योजना सञ्चालनमा ल्याएको हो।

विज्ञापन
Advertisement
Advertisement

यस योजना अन्तर्गत सार्वजनिक यातायात सेवा प्रवाहमा आवद्ध व्यक्तिहरुले विद्युतीय बस तथा माइक्रो बस खारिदका लागि बैंकबाट कर्जा लिँदा, आर्कषक ब्याजदरमा कर्जा सुविधा प्राप्त गर्नुका साथै ऋणीले भुक्तानी गर्नु पर्ने शुरुवाती रकम (डाउन पेमेन्ट)मा परियोजनाबाट निर्धारित अनुदानहरु समेत पाउने छन् । त्यसैगरी वर्तमान समयमा इन्धनमा आधारित सार्वजनिक सवारी साधनहरु सञ्चालन गरिरहेका व्यक्तिहरुले आफ्ना सवारी साधनहरुलाई विद्युतीय बस तथा माइक्रो बसमा बदल्नका लागि कर्जा लिन चाहेमा समेत थप अनुदान प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। यसका लागि ऋणिहरुले परियोजनामा आवद्ध सवारी साधन आपूर्तिकर्ताहरुबाट विद्युतीय बस तथा माइक्रो बस खरिद गर्नका लागि आवश्यक कागजात सहित कुमारी बैंकको शाखाहरुमा सम्पर्क गर्नुपर्नेछ ।

योजनामा समावेश गरिएका अनुदानहरुले ऋणिहरुको शुरुवाती पुँजीको व्यवस्थापनमा सहुलियत हुन्छ भने सार्वजनिक यातायातमा विद्युतीय सवारी साधनको प्रयोग बढ्ने तथा प्रदुषण समेत कम गर्न मद्दत पुग्ने बैंकका दिगो बैकिङ्ग विकास विभागका प्रमुख अर्पण पौडेलले बताए ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit