Advertisement
Advertisement
Corporate Samachar
३० असार २०८३, मंगलवार
Advertisement

क्रसफायरद्वारा नेपालमा लेटबी फ्लाइगन २२० सिटी र हिल्स सार्वजनिक

क्रसफायरद्वारा नेपालमा लेटबी फ्लाइगन २२० सिटी र हिल्स सार्वजनिक
विज्ञापन
Advertisement

काठमाडौं । क्रसफायरले नेपालमा आधिकारिक रूपमा लेटबी फ्लाइगन २२० सार्वजनिक गरेको छ। कम्पनीले मोटरसाइकललाई ‘फ्लाइगन २२० सिटी’ र ‘फ्लाइगन २२० हिल्स’ गरी दुई भेरियन्टमा बजारमा ल्याएको हो।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीका अनुसार राइडरहरूको जीवनशैली, रोजाइको भू–भाग तथा राइडिङ आवश्यकतालाई ध्यानमा राख्दै दुई फरक भेरियन्ट सार्वजनिक गरिएको हो। यो केवल नयाँ मोटरसाइकल सार्वजनिक गर्ने कार्यक्रम मात्र नभई नेपालमा लेटबी ब्रान्डको औपचारिक सुरुवात भएको कम्पनीले जनाएको छ।

लेटबी ब्रान्डको ‘मेकानिकल कम्प्यानियन’ अवधारणाअन्तर्गत सार्वजनिक गरिएका फ्लाइगन २२० सिटी र फ्लाइगन २२० हिल्स नेपालमा लेटबीका पहिलो मोडल हुन्। कम्पनीका अनुसार व्यावहारिकता, प्रविधि, बहुउपयोगिता र जीवनशैलीलाई एउटै मोटरसाइकल अनुभवमा जोड्ने उद्देश्यसहित यो ब्रान्ड स्थापना गरिएको हो।

‘एउटै बाइक, हरेक सडक, हरेक उद्देश्य’ भन्ने अवधारणामा आधारित फ्लाइगन २२० लाई क्रस–टेरेन मोटरसाइकलका रूपमा विकास गरिएको कम्पनीको भनाइ छ। सहरका सडक, राजमार्ग, पहाडी बाटो तथा हल्का अफ–रोड मार्गमा सहज रूपमा सञ्चालन गर्न सकिने गरी यसलाई इन्जिनियरिङ गरिएको बताइएको छ।

फ्लाइगन २२० सिटीमा सहरी सडक, राजमार्ग तथा हल्का अफ–रोड यात्राका लागि उपयुक्त स्ट्रिट–फोकस्ड टायर प्रयोग गरिएको छ भने फ्लाइगन २२० हिल्समा ग्राभेल सडक, पहाडी मार्ग तथा अफ–रोड भूभागका लागि उपयुक्त नबी टायर जडान गरिएको कम्पनीले जनाएको छ। कम्पनीले फ्लाइगन २२० मा पाँच वर्षको वारेन्टी उपलब्ध गराउने घोषणा गरेको छ। यसले मोटरसाइकलको इन्जिनियरिङ, टिकाउपन तथा दीर्घकालीन विश्वसनीयताप्रतिको कम्पनीको विश्वास झल्काउने बताइएको छ।

नेपालका सडक र नेपाली राइडरको आवश्यकता ध्यानमा राखेर डिजाइन गरिएको यो मोटरसाइकलमा ७८० मिलिमिटर सिट उचाइ र २३० मिलिमिटर ग्राउन्ड क्लियरेन्स उपलब्ध गराइएको छ। यसले स्पिड ब्रेकर, असमान सडक तथा ग्राभेल मार्गमा सहज यात्रा गर्न सहयोग पुर्‍याउने कम्पनीको दाबी छ। फ्लाइगन २२० मा १३०/८०–१८ आकारको अगाडिको टायर र १८०/८०–१४ आकारको पछाडिको टायर प्रयोग गरिएको छ। फराकिलो टायर सेटअपले विभिन्न सतहमा राम्रो ग्रिप, स्थिरता तथा आत्मविश्वास प्रदान गर्नुका साथै मोटरसाइकललाई आकर्षक र बलियो स्वरूप दिने कम्पनीले जनाएको छ।

दुवै भेरियन्टमा बोश ईएफआई प्रविधिसहितको २२० सिसी सिंगल–सिलिन्डर, एयर–कुल्ड इन्जिन जडान गरिएको छ। उक्त इन्जिनले सात हजार पाँच सय आरपीएममा १२.८ किलोवाट शक्ति र पाँच हजार पाँच सय आरपीएममा १७ एनएम टर्क उत्पादन गर्ने कम्पनीले जनाएको छ। यसमा पाँच–स्पिड गियरबक्स र चेन–ड्राइभ ट्रान्समिसन उपलब्ध छ। मोटरसाइकलमा प्यासिभ कीलेस इन्ट्री, पुश–स्टार्ट इग्निसन, स्मार्ट लकिङ सिस्टम, एन्टी–थेफ्ट अलार्म तथा २.८ इन्चको टीएफटी डिस्प्ले जस्ता आधुनिक सुविधा समावेश गरिएको छ।

नेपालमा फ्लाइगन २२० सिटीको मूल्य पाँच लाख ४९ हजार ९९९ रुपैयाँ र फ्लाइगन २२० हिल्सको मूल्य पाँच लाख ७४ हजार ९९९ रुपैयाँ तोकिएको छ। कम्पनीका अनुसार दुवै भेरियन्टको बुकिङ नेपालभर रहेका आधिकारिक क्रसफायर तथा लेटबी बिक्री केन्द्रमार्फत खुला गरिएको छ।

क्रसफायर नेपालले नेपाली बजारमा पर्फर्मेन्स–केन्द्रित, एड्भेन्चरका लागि तयार तथा जीवनशैलीसँग मेल खाने मोटरसाइकल उपलब्ध गराउँदै आएको उल्लेख गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit