Advertisement
Advertisement
Corporate Samachar
८ श्रावण २०८३, शुक्रबार
Advertisement
Advertisement

बुद्धभूमि नेपाल हाइड्रोले ६४ मेगावाटका दुई जलविद्युत आयोजनामा लगानी गर्ने

बुद्धभूमि नेपाल हाइड्रोले ६४ मेगावाटका दुई जलविद्युत आयोजनामा लगानी गर्ने
विज्ञापन
Advertisement

काठमाडौं। बुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनी लिमिटेडले ६४ मेगावाट क्षमताका दुई जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले सिन्धुज्वाला हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको ४३ मेगावाट क्षमताको अपर नेश्यम जलविद्युत आयोजना र २१ मेगावाट क्षमताको अपर नेश्यम ‘ए’ जलविद्युत आयोजनामा लगानी गर्ने निर्णय गरेको हो ।

सिन्धुज्वाला हाइड्रोपावरमा ५१ प्रतिशत स्वामित्व कायम हुने गरी शेयर लगानी गर्ने निर्णय बुद्धभूमि नेपाल हाइड्रोको सञ्चालक समितिले गरेको हो। कम्पनीको साउन ५ गते बसेको सञ्चालक समिति बैठकले उक्त आयोजनामा लगानी गर्ने निर्णय गरेको जानकारी दिएको छ ।

जलविद्युत क्षेत्रमा लगानी विस्तार गर्ने रणनीतिअनुसार बुद्धभूमिले नयाँ आयोजनामा प्रवेश गर्न लागेको जनाएको छ। पछिल्लो समय जलविद्युत कम्पनीहरूबीच उत्पादन क्षमता विस्तार, आयोजना पोर्टफोलियो वृद्धि तथा दीर्घकालीन आम्दानी सुनिश्चित गर्न एकअर्काका आयोजनामा रणनीतिक लगानी गर्नेको संख्या बढ्दै गएको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit