Advertisement
Advertisement
Corporate Samachar
१० श्रावण २०८३, आईतवार
Advertisement
Advertisement

‘माटो सुधार नै कृषि सुधारको आधार हो’

‘माटो सुधार नै कृषि सुधारको आधार हो’
विज्ञापन
Advertisement

धनुषा । कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले दीर्घकालीन कृषि उत्पादन वृद्धि र माटोको उर्वराशक्ति कायम राख्न प्राङ्गारिक तथा गोठे मलको प्रयोग बढाउन किसानलाई आग्रह गरेकी छन्।

विज्ञापन
Advertisement
Advertisement

धनुषा जिल्लाका विभिन्न कृषि क्षेत्रको अवलोकनका क्रममा मन्त्री चौधरीले कृषि सुधारको आधार नै माटो सुधार भएको बताउँदै स्थानीय स्रोतबाट उत्पादन हुने गोठे मल र प्राङ्गारिक मलको प्रयोगलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइन्।

‘माटो सुधार नै कृषि सुधारको आधार हो। स्थानीय स्रोतबाट बनेका गोठे मल र प्राङ्गारिक मलको प्रयोग बढाउन सबै किसानलाई आग्रह गर्दछु,’ मन्त्री चौधरीले भनिन् ‘यसले रासायनिक मलमाथिको निर्भरता घट्दै जान्छ, माटोको गुणस्तर सुधार हुन्छ र दीर्घकालीन रूपमा कृषि उत्पादनमा सकारात्मक प्रभाव पर्छ।’ मन्त्री चौधरीले किसानसँग प्रत्यक्ष भेटेर उनीहरूका समस्या र सुझावसमेत सुनेकी थिइन्। उनले महिला कृषकद्वारा सञ्चालित कस्टम हायरिङ सेन्टर, व्यावसायिक माछापालन तथा आँप बगैंचाको अवलोकन गर्दै स्थानीय स्रोतमा आधारित दिगो कृषि प्रणाली अपनाउन किसानलाई प्रोत्साहित गरेका उनको निजी सचिवालयले जनाएको छ।

यसक्रममा उनले लक्ष्मीनियाँ गाउँपालिका–७ स्थित महिला साना किसान कृषि सहकारी संस्था लिमिटेड अन्तर्गत सञ्चालित कस्टम हायरिङ सेन्टरको निरीक्षण गरिन्। केन्द्रमार्फत आधुनिक कृषि उपकरण किसानलाई सहुलियत दरमा भाडामा उपलब्ध गराइँदै आएको छ। मन्त्री चौधरीले यस्ता सेवाले कृषिमा आधुनिकीकरण र उत्पादनशीलता वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताइन्।

भ्रमणका क्रममा मन्त्री चौधरीले धनुषाको चित्रनगरस्थित आँप बगैंचाको समेत अवलोकन गर्दै फलफूल खेतीको व्यावसायीकरण र उत्पादन वृद्धि गर्न सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit