Advertisement
Advertisement
Corporate Samachar
८ श्रावण २०८३, शुक्रबार
Advertisement
Advertisement

कोशीमा ७४ प्रतिशत धान रोपाइँ सम्पन्न

कोशीमा ७४ प्रतिशत धान रोपाइँ सम्पन्न
विज्ञापन
Advertisement

विराटनगर । कोशी प्रदेशमा साउन ४ गतेसम्म कुल ७३.९४ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। कृषि, उद्योग तथा सहकारी मन्त्रालयका अनुसार प्रदेशका १४ जिल्लामध्ये अधिकांश क्षेत्रमा रोपाइँ तीव्र रूपमा अघि बढेको हो।

विज्ञापन
Advertisement
Advertisement

कृषि प्रसार अधिकृत अभिमन्यू अधिकारीका अनुसार उच्च पहाडका ताप्लेजुङ, सङ्खुवासभा र सोलुखुम्बूमा १५ हजार ३८३ हेक्टरमध्ये ९ हजार २४१ हेक्टरमा धान रोपिएको छ।

मध्य पहाडका पाँचथर, इलाम, भोजपुर, तेह्रथुम, धनकुटा, उदयपुर, ओखलढुङ्गा र खोटाङमा ६७ हजार ७१७ हेक्टरमध्ये ४८ हजार ७६६ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ।

त्यसैगरी तराईका झापा, मोरङ र सुनसरीमा एक लाख ९३ हजार २८५ हेक्टर धान खेतीयोग्य क्षेत्रमध्ये एक लाख ४६ हजार ३४२ हेक्टरमा धान रोपाइँ सम्पन्न भएको मन्त्रालयले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit