Advertisement
Advertisement
Corporate Samachar
५ आश्विन २०८३, सोमबार
Advertisement

झापामा ७ लाख ६१ हजार मेट्रिक टन खाद्यान्न उत्पादन, अघिल्लो वर्षभन्दा उल्लेख्य कमी

झापामा ७ लाख ६१ हजार मेट्रिक टन खाद्यान्न उत्पादन, अघिल्लो वर्षभन्दा उल्लेख्य कमी
विज्ञापन
Advertisement

झापा (भद्रपुर) । झापामा गत आर्थिक वर्ष २०८२/८३ मा ७ लाख ६१ हजार ४३३ मेट्रिक टन खाद्यान्न उत्पादन भएको छ। अघिल्लो वर्षको तुलनामा उत्पादन करिब ९० हजार ७७५ मेट्रिक टनले घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ।

विज्ञापन
Advertisement
Advertisement

केन्द्रका अनुसार खाद्यान्न उत्पादनसँगै खेतीयोग्य जमिनको क्षेत्रफल पनि घट्दै गएको छ। गत आर्थिक वर्ष १ लाख ३० हजार ३८६ हेक्टर क्षेत्रफलमा खाद्यान्न खेती गरिएको थियो भने अघिल्लो वर्ष १ लाख ४५ हजार ३२६ हेक्टर क्षेत्रफलमा खेती गरिएको थियो। एक वर्षमै १४ हजार ९४० हेक्टर खेतीयोग्य क्षेत्र घटेको देखिएको छ।

गत आर्थिक वर्षमा वर्षे र चैते धान, मकै, कोदो, फापर, गहुँ तथा जौ गरी सात प्रकारका खाद्यान्न बाली उत्पादन भएका छन्। तीमध्ये वर्षे धान ३ लाख ७७ हजार ५३४ मेट्रिक टन र मकै २ लाख ८३ हजार १८८ मेट्रिक टन उत्पादन भई सबैभन्दा बढी हिस्सा ओगटेका छन्।

कृषि ज्ञान केन्द्रले पछिल्ला वर्षहरूमा खेतीयोग्य जमिन घट्दै जाँदा खाद्यान्न उत्पादन पनि निरन्तर ओरालो लागेको जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit