Advertisement
Advertisement
Corporate Samachar
१० श्रावण २०८३, आईतवार
Advertisement
Advertisement

सामसङ इनोभेसन क्याम्पसद्वारा कोडिङ ग्र्याजुएटलाई सम्मान, नेपालमा नयाँ एआई कार्यक्रम सुरु

सामसङ इनोभेसन क्याम्पसद्वारा कोडिङ ग्र्याजुएटलाई सम्मान, नेपालमा नयाँ एआई कार्यक्रम सुरु
विज्ञापन
Advertisement

काठमाडौं । सामसङ नेपालले डिजिटल प्रतिभा विकास गर्ने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै सञ्चालन गरिएको कोडिङ तथा प्रोग्रामिङ कोर्स सफलतापूर्वक सम्पन्न गरेका विद्यार्थीलाई सम्मान गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

सामसङ इनोभेसन क्याम्पस अन्तर्गत सञ्चालित कार्यक्रममा कम्पनीले नेपालमा नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कार्यक्रमका लागि आवेदनसमेत खुला गरेको घोषणा गरेको छ। डिसेम्बर २२, २०२५ देखि जुन ३०, २०२६ सम्म सञ्चालन भएको कोडिङ तथा प्रोग्रामिङ कोर्समार्फत सहभागी विद्यार्थीहरूले प्राविधिक सीप, व्यावहारिक परियोजना अनुभव तथा उद्योगसँग प्रत्यक्ष परिचय हासिल गरेका थिए। कार्यक्रम पूरा गरेका विद्यार्थीलाई विशेष समारोहबीच सम्मान गरिएको सामसङले जनाएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै सामसङ नेपालका प्रबन्ध निर्देशक चाङ उक जङले नेपालका युवामा रहेको प्रतिभा उल्लेखनीय रहेको बताउँदै आर्टिफिसियल इन्टेलिजेन्सले विश्वभरका उद्योगलाई रूपान्तरण गरिरहेको वर्तमान अवस्थामा डिजिटल सीप विकास अझ आवश्यक भएको बताए। सामसङ इनोभेसन क्याम्पसले युवालाई आवश्यक सीप, आत्मविश्वास र नवप्रवर्तनको सोच प्रदान गर्दै नेपालको डिजिटल भविष्य निर्माणमा योगदान पुर्‍याइरहेको उनको भनाइ थियो।

सामसङले सन् २०२३ मा नेपालमा सुरु गरिएको सामसङ इनोभेसन क्याम्पसले सञ्चार, सहकार्य, आलोचनात्मक सोचजस्ता कार्यस्थलमा आवश्यक क्षमतासँगै उदीयमान प्रविधिसम्बन्धी उद्योग–केन्द्रित सीप विकासमा जोड दिँदै आएको छ। कम्पनीका अनुसार नयाँ एआई कार्यक्रम व्यावहारिक सिकाइ र वास्तविक समस्याको समाधानमा आधारित हुनेछ। यसले सहभागीहरूलाई आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी क्षमता विकास गर्न तथा नेपालको डिजिटल रूपान्तरणका लागि आवश्यक नवप्रवर्तनमा योगदान गर्न सक्षम बनाउने लक्ष्य राखेको छ।

सामसङ नेपालले कक्षाकोठाभन्दा बाहिर पनि ग्र्याजुएटहरूलाई उद्योग विशेषज्ञ तथा आफ्ना कर्मचारीमार्फत मेन्टरसिप, करियर मार्गदर्शन र नवप्रवर्तन परियोजनामा सहभागी गराउने जनाएको छ। साथै, ग्र्याजुएटहरूबीच अनुभव आदान–प्रदान, निरन्तर सिकाइ र भावी सहभागीलाई मार्गदर्शन गर्ने उद्देश्यले ‘सामसङ इनोभेसन क्याम्पस अल्मुनाई नेटवर्क’ स्थापना गर्ने तयारी पनि गरिएको कम्पनीले जनाएको छ।

सामसङका अनुसार नेपालमा एआई इकोसिस्टम विकास, रोजगारीका अवसर विस्तार तथा डिजिटल रूपान्तरणलाई तीव्र बनाउन शिक्षण संस्था, उद्योग र सरकारबीचको सहकार्यलाई थप सुदृढ बनाउने लक्ष्यका साथ कार्यक्रम सञ्चालन गरिएको हो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit